गुणस्तरीय शिक्षा प्रवद्र्धनका लागि आधारभुत विद्यालयमा बालमैत्री कक्षा व्यवस्थापन

Authors

  • Samjhana Basnyat Tribhuvan University, Sanothimi Campus

Keywords:

बालमैत्री सिकाइ, प्रक्रिया, कक्षाकोठा व्यवस्थापन, गुणस्तरीय शिक्षा, भयमुक्त सिकाइ

Abstract

बालमैत्री विद्यालय स्थापना गर्ने नेपाल सरकारको नीतिअनुुसार बालमैत्री विद्यालयमा सञ्चालन गरिने सिकाइ क्रियाकलाप सो अनुकुल भएनभएको पहिचान गर्न अति जरुरी भएको हुँदा यो अध्ययन गरिएको हो । विद्यालयमा बालमैत्री कक्षाकोठा व्यवस्थापन तथा सिकाइ क्रियाकलापको अवस्था पहिचान गर्नु यस अध्ययनको प्रमुख उद्देश्य रहेको छ । यस अध्ययनमा गुणात्मक तरिकाले उद्देश्यमूलक नमूना छनोट प्रक्रियालाई अपनाइ भक्तपुर जिल्लामा सञ्चालित बालमैत्री विद्यालयका नमूना छनोटमा परेका विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् विद्यार्थीहरूसँग अन्तर्वार्ता, छलफल, प्रश्नावलीका माध्यमबाट सूचनाहरू लिइएको छ । हालसम्म बालमैत्री विद्यालयको सन्दर्भमा सैद्धान्तिक स्पष्टता विद्यालयहरूमा प्राप्त भैनसकेको अवस्था भए तापनि बालकेन्द्रित शिक्षण पद्धति अपनाएर सक्रिय सिकाइ, दण्डरहीत सिकाइ, विद्यार्थी सहभागिता, समावेशीकरण र विद्यालयमा रमाइलो शिक्षण वातावरण सिर्जनामा भने विद्यालयहरू लागि परेको अवस्था पाइयो । बालमैत्री विद्यालयमा शिक्षक पथ प्रदर्शक तथा निर्देशकको रूपमा रहेर विद्यालयहरूलाई स्व–सिकाइका लागि उपयुक्त रमाइलो वातावरण सिर्जना गर्न कार्यरत रहनु पर्ने र खेलको माध्यमबाट सिकाइ, बालगीत, कविता तथा कथाको प्रयोग, अभिनय तथा नाटकीकरण, परियोजना कार्य, क्षेत्र भ्रमण र सिर्जनात्मक कार्यजस्ता कक्षा कार्य सञ्चालन गर्नुको साथै विद्यालयमा योजनाबद्ध अतिरिक्त क्रियाकलाप सञ्चालन, मनोवैज्ञानिक छात्रवृत्तिको व्यवस्था, शान्ति शिक्षाको व्यवस्था, विना डर सिक्ने अवस्थाको सिर्जना गरेर वास्तविक र अर्थपूर्ण सिकाइको लागि विद्यालयहरू लागिपर्नु पर्ने देखिन्छ । विद्यालयमा बालमैत्री वातावरण सिर्जना गर्न केन्द्रदेखि विद्यालय तहसम्म सबै पक्ष समन्वयात्मक रूपमा योजनाबद्ध कार्यमा जुट्न आवश्यक देखिन्छ र विद्य।लयलाई बालबालिकाहरूको आफ्नै घरको रूपमा विकास गराउनु पर्ने देखिन्छ।

Abstract
152
PDF
0

Downloads

Published

2023-06-01

How to Cite

गुणस्तरीय शिक्षा प्रवद्र्धनका लागि आधारभुत विद्यालयमा बालमैत्री कक्षा व्यवस्थापन. (2023). Spandan, 13(1), 1-18. https://doi.org/10.3126/spandan.v13i1.75479

Issue

Section

Articles

How to Cite

गुणस्तरीय शिक्षा प्रवद्र्धनका लागि आधारभुत विद्यालयमा बालमैत्री कक्षा व्यवस्थापन. (2023). Spandan, 13(1), 1-18. https://doi.org/10.3126/spandan.v13i1.75479