भाषिक सक्षमता अभिवृद्धिमा शिक्षण सामग्रीको उपयोग

Authors

  • खडकबहादुर शाही

DOI:

https://doi.org/10.3126/spandan.v14i2.74871

Keywords:

आदानात्मक सिप, प्रदानात्मक सिप, भाषाशिक्षण, भाषिक सक्षमता, शिक्षण सामग्री

Abstract

विद्यार्थीहरूमा भाषिक सक्षमता अभिवृद्धि गर्न शिक्षण सामग्रीको महत्वहपूर्ण भूमिका रहन्छ । प्रस्तुत आलेख भाषिक सक्षमता अभिवृद्धिमा शिक्षण सामग्रीको उपयोगको अध्ययन विश्लेषणमा केन्द्रित छ । यस अध्ययनमा गुणात्मक अनुसन्धान ढाँचाको अनुप्रयोग गरिएको छ । यस अध्ययनमा गुणात्मक अनुसन्धान ढाँचाअन्तर्गत उद्देश्यमूलक नमुना छनोट विधिबाट कालीकोट जिल्ला खाँडाचक्र नगरपालिकामा रहेका दुई ओटा माध्यमिक विद्यालयका कक्षा दशमा अध्यापनरत दुई जना नेपाली विषयका शिक्षक र सोही विद्यालयका कक्षा दशमा अध्ययनरत एकजना छात्र र एकजना छात्रालाई सहभागीका रूपमा लिइएको छ । सहभागी शिक्षक तथा विद्यार्थीहरूसँग अन्तर्वार्ता लिई सामग्री सङ्कलन गरिएको छ । सङ्कलित तथ्यलाई लिप्यान्तरण गरी कोडिङ्ग गरिएको छ । कोडिङ्ग गरिएको तथ्यबाट थिमको निर्माण गरिएको छ । विभिन्न थिमहरूबाट भाषिक सक्षमता अभिवृद्धिअन्तर्गत बोध क्षमता अभिवृद्धिमा शिक्षण सामग्रीको उपयोग र अभिव्यक्ति क्षमता अभिवृद्धिमा शिक्षण सामग्री उपयोग जस्ता दुईओटा साझा थिम निर्माण गरी तथ्यलाई व्याख्या तथा विश्लेषण गरिएको छ । विश्लेषित तथ्यबाट भाषिक सक्षमता अभिवृद्धिका लागि पाठ्यसामग्री, मौखिक सामग्री, श्रव्यसामग्री, श्रव्यदृश्य सामग्री तथा विद्युतीय (मोबाइल) सामग्रीको उपयोग गरिए तापनि मौखिक तथा पाठ्यसामग्री बढी उपयोग गरिएको र शिक्षण सामग्री उपयोग गर्दा सिकाइकेन्द्रित भन्दा शिक्षणकेन्द्रित सामग्री बढी उपयोग गरिनुका साथै शिक्षण सामग्री उपयोग गरी शिक्षण गर्दा विद्यार्थीको समान सहभागिता नदेखिएको निष्कर्ष निकालिएको छ । यस लेखबाट नेपाली भाषा शिक्षक, भाषिक अध्यता, विद्यार्थी तथा सरोकारवाला पक्षलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
16
PDF
9

Downloads

Published

2024-12-31

How to Cite

शाही ख. (2024). भाषिक सक्षमता अभिवृद्धिमा शिक्षण सामग्रीको उपयोग. Spandan, 14(2), 66–80. https://doi.org/10.3126/spandan.v14i2.74871

Issue

Section

Articles