नेपाली आख्यान र कविताको नाट्यायन
DOI:
https://doi.org/10.3126/spandan.v14i2.74869Keywords:
अन्तरपाठकीयता, नाट्यायन, विधाभञ्जन, विधामिश्रणAbstract
प्रस्तुत लेख विधामिश्रणको अवधारणाअनुसार नेपाली आख्यान र कवितामा केकस्तो अवस्थिति रहेको छ भनी चर्चा गरिएको छ । गुणात्मक अनुसन्धान विधिका आधारमा तयार गरिएको यस लेखका सामग्रीसङ्कलन पुस्तकालयकार्यबाट गरिएको छ । साहित्यमा एक विधाका विशेषता अर्कोमा केकसरी प्रवेश हुन्छ भन्न ज्याक डेरिडाको विनिर्माण तथा त्यसले स्थापित गरेको विधामिश्रणसँग सम्बन्धित अवधारणाअनुसार यस लेख सृजना गरिएको छ । विधामिश्रण संरचनावादी चिन्तनले स्थापित गरेको अवधारणा भए पनि यसले संसारभरिका साहित्यिक विधालाई प्रभाव पार्ने सन्दर्भमा नेपाली साहित्यको आख्यान र कवितालाई केकसरी प्रभाव पारेको छ भनी यहाँ विश्लेषण गरिएको छ । प्रस्तुत लेखमा विधामिश्रणका क्रममा आख्यान र कवितामा नाटकीय गुणको प्रवेशलाई नाट्यायन भनी परिभाषित गरिएको छ । नाटकभित्र आख्यान र कवितात्मक गुण रहने क्रम नाट्यायनको आधारभूत पक्ष हो । कठपुतलीको मन कथा, फूलको आतङ्क, हिटलर र यहुदी, अग्निदत्त+अग्निदत्त उपन्यास र ‘सिरियस, महरू र सङ्गिता,’ ‘घाइते युग’ र ‘पीडाहरू माझिरहेकी कान्छी’ कविताबाट दृष्टान्त प्रस्तुत गरिएको यस लेखमा उत्तरआधुनिकताको विकाससँगै एउटा साहित्यिक विधामा अर्कोको उपस्थिति केकसरी भएको छ भनी सोदाहरण विमर्श गरिएको छ ।