जुम्ली भाषाको नाम र कोटिकरबीचको सङ्गति व्यवस्थाले नेपाली भाषाको सिकाइमा परेको प्रभाव

Authors

  • ओमप्रकाश आचार्य त्रिभुवन विश्वविद्यालय

DOI:

https://doi.org/10.3126/spandan.v14i2.74867

Keywords:

क्रियागत, मानवीय, मानवेत्तर, सङ्ख्येय, सङ्गति

Abstract

नेपालको भौगोलिक विभाजन अनुसार जुम्ला जिल्ला प्रादेशिक संरचनामा कर्णाली प्रदेशको उत्तरी खण्डमा पर्दछ । यही जुम्ला जिल्लामा बोलिने भाषा जुम्ली भाषा हो । जुम्ली भाषा बोल्ने वक्ताहरु कर्णाली प्रदेशको जुम्ला, हुम्ला, मुगु, कालीकोट, सुर्खेत एवम् सुदूरपश्चिमको बाजुरा, कैलाली, कञ्चनपुर, मध्यपश्चिमको बाँके, बर्दिया, दाङमा समेत बसोबास गर्दछन् । यस्ता जुम्ली भाषी वक्ताहरुले बोल्ने अभिव्यक्तिमा भाषिक व्याकरण अनुसार नाम र कोटिकरबीचको सङ्गति व्यवस्थाको यस लेखमा अध्ययन गरिएको छ । यो अनुसन्धानमूलक लेख हो । जुम्ली भाषामा नाम र कोटिकर व्यवस्था कस्तो छ ? त्यस्तो व्यवस्था नेपाली भाषा भन्दा ध्वनिगत वर्णगत, शब्दगत एवम् संरचनात्मक आधारमा के कति भिन्न छ ? भन्ने अनुसन्धानात्मक प्रश्नमा आधारित हुँदै जुम्ली भाषामा नाम र कोटिकाबीचको सङ्गति व्यवस्थाको अध्ययन गर्नु यस लेखको मुख्य उद्देश्य हो । गुणात्मक ढाँचामा केन्द्रित यस लेखमा पुस्तकालय र क्षेत्रगत अध्ययन विधि अवलम्बन गरिएको छ । तथ्याङ्क सङ्कलनका स्रोत प्राथमिक र द्वितीय रहेका छन् भने उद्देश्य परक नमुना छनोट प्रक्रिया अपनाइ वर्णनात्मक विश्लेषणात्मक एवम् तुलनात्मक ढङ्गबाट प्राप्त तथ्याङ्कको विश्लेषण गरिएको छ । भाषिक संरचनाले जुम्ली भाषा मौलिक पहिचानको भाषा हो । यसको संरचना नेपाली भाषाभन्दा भिन्न छ । मौखिक अभिव्यक्तिमा मुख्य रुपमा व्यवहारत यो भाषा लेखन पद्धतिमा जुम्ला जिल्लाका स्थानीय संचार साधन (एफ.एम.) मा स्थानीय खस जुम्ली भाषामा रैवार र विज्ञापन सम्प्रेषणका अतिरिक्त अन्य क्षेत्रमा लिखित प्रयोग अभाव छ । यस भाषाको अभिव्यक्तिमा कोटिकर शब्दावलीले संरचना नै मौलिक प्रकृतिको छ यसले नेपाली भाषा सिकाइमा पर्ने सिकाइगत सहजता र असहजताको भाषिक तुलनात्मक अध्ययनले समानताले सिकाइमा सहजता र असमानताले सिकाइगत असहजता देखापर्ने गर्दछ ।

Downloads

Download data is not yet available.
Abstract
14
PDF
6

Downloads

Published

2024-12-31

How to Cite

आचार्य ओ. (2024). जुम्ली भाषाको नाम र कोटिकरबीचको सङ्गति व्यवस्थाले नेपाली भाषाको सिकाइमा परेको प्रभाव. Spandan, 14(2), 29–34. https://doi.org/10.3126/spandan.v14i2.74867

Issue

Section

Articles