विद्यालयमा सूचना तथा सञ्चार प्रविधि व्यवस्थापन र प्रयोगको अवस्था
DOI:
https://doi.org/10.3126/spandan.v14i1.74863Keywords:
तथ्याङ्कको अभिलेखिकरण, विद्युतीय साधन, सूचना तथा सञ्चार प्रविधि, सामुदायिक विद्यालयAbstract
वर्तमान समयमा विद्यालय व्यवस्थापनका लागि विभिन्न पक्षहरूमध्ये सूचना प्रणाली एक महत्वपूर्ण पक्ष रहको छ । कुनै पनि व्यक्ति तथा संघसंस्थाको कार्य क्षमता र कार्य क्षमता अभिबृद्धिको मूल संयन्त्र नै सूचना हो । उपलब्ध र संकलित तथ्याङ्कलाई प्रशोधन गरेर अर्थपूर्ण प्रयोग आजको आवश्यकता हो । यस अनुसन्धान कार्यमा गुणात्मक ढाँचालाई पं्रयोग गरी उद्देश्यमूलक नमुना छनोट विधिद्वारा काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं. २ का २ वटा सामुदायिक विद्यालयका ४ विद्यार्थी, २ शिक्षक, २ प्रधानाध्यापक र २ विद्यालय व्यवस्थापन समितिका सदस्यहरुलाई उद्देश्यमुलक नमुना छनोट विधिबाट छानेर प्रश्नावलीको माध्यमबाट आवश्यक तथ्यांकहरु संकलन गरिएको छ । सूचनालाई अभिलेख राख्ने क्रममा विद्यालयहरूले कम्प्युटर र फाईलिङ्ग प्रणाली अपनाएको पाईयो । विद्यालयमा सबै शिक्षकहरू कम्प्युटरका आधारभुत तालिम प्राप्त भएको पाइयो । केही विद्यार्थीहरूले मात्र ईमेल, ईन्टरनेट ज्ञान हासिल गरेको पाईएको देखिन्छ । सूचना व्यवस्थापनको सन्दर्भमा भने सूचना व्यवस्थापन गर्ने व्यक्ति भने पूर्ण रूपमा कम्प्युटर तालिम प्राप्त दक्ष भएको पाईयो । विद्युतीय साधनको प्रयोग गर्ने सिलसिलामा विद्यालयहरूले ईन्टरनेटको व्यवस्था गरेको पाईन्छ । विद्यालयमा पुस्तकालय, ई–लाइब्रेरी र पत्रपत्रिकाको प्रयोग गरिएको पाईयो । केही विद्यार्थीहरूले ईन्टरनेटको प्रयोग गरी महत्वपुर्ण शैक्षिक सामग्री घरमा डाउनलोड गरी प्रिन्ट गरेर कक्षाकोठामा प्रयोग गर्ने गरेको देखियो । श्रव्यदृश्य कक्षाको छुट्टै व्यवस्था रहेको र पाठ अनुसारको श्रव्यदृश्य कक्षाहरूको व्यवस्था भने सम्बन्धित पाठका शिक्षकले गरेको पाइयो । विद्यालयमा उपलब्ध हुने सूचनाको सङ्कलन, प्रशोधन, विश्लेषण, अभिलेखिकरण र प्रवाह जस्ता प्रक्रिया व्यवस्थित गरी हरेक विद्यालयको वेब प्रोटल तथा साइटहरु विकास गरी प्रभावकारी कार्यन्वयनका लागि आवश्यक ब्यवस्थापन गर्न सकेमा सुचनाको सरल र सहज पहुँच सम्भव हुने देखिन्छ ।