भाषा शिक्षण सिकाइमा व्यतिरेकी अध्ययनको सैद्धान्तिकता

Authors

  • ओमप्रकाश आचार्य त्रिभुवन विश्वविद्यालय

DOI:

https://doi.org/10.3126/spandan.v14i1.74862

Keywords:

उध्र्वतलीय, तुलनात्मकता, पद्धति, प्रयोगपरक, समतलीय, सत्यापन

Abstract

व्यतिरेकी अध्ययनले दोस्रो भाषा सिकाइका क्रममा वर्णनात्मक, रूपात्मक तथा वाक्यात्मक स्तरमा पहिलो भाषाले पार्ने प्रभावलाई जोड दिएको हुन्छ । दोस्रो भाषा सिक्दा पहिलो भाषासँग मिल्ने विशेषताहरू विद्यार्थीलाई सिकाउन र सिक्न सहजै हुन्छ । नमिल्ने विशेषताहरूले भाषाको सिकाइमा कठिनाइहरूको पूर्वानुमान गर्न दुई भाषाबीचको समानता असमानता पहिल्याउन तुलनात्मक अध्ययन आवश्यक हुन्छ । व्यतिरेकी विश्लेषण कुनै पनि दुई भाषाको तुलनात्मक अध्ययनसँग सम्बन्धित विषय हो । एउटा भाषाको वक्ताले अर्काे भाषा सिक्दा आइपर्ने समस्याहरू पत्ता लगाउने र वर्णन गर्ने काम गरिन्छ । पहिलो भाषा र दोस्रो भाषाबीचको भिन्नताको परीक्षणबाट कठिनाई क्षेत्र पहिल्याई मातृभाषाका प्रभावमा सम्भाव्य त्रुटिको पूर्वानुमान गर्न व्यतिरेकी अध्ययनले मद्दत गर्दछ । यसरी भाषाको सिकाइमा देखापर्ने कठिनाई र त्रुटि वास्तविक हुन् कि होइनन् भन्ने परीक्षणका लागि मद्दत गर्दछ । भाषाको शिक्षण सिकाइसँग सम्बन्धित भएर भाषावैज्ञानिक दृष्टिले अध्ययन गर्दा व्यतिरेकी अध्ययनको उपयोगी योगदान रहेको छ । यस लेखमा यिनै व्यतिरेकी अध्ययनको सैद्धान्तिक धारणा उल्लेख गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
12
PDF
4

Downloads

Published

2024-06-30

How to Cite

आचार्य ओ. (2024). भाषा शिक्षण सिकाइमा व्यतिरेकी अध्ययनको सैद्धान्तिकता. Spandan, 14(1), 29–38. https://doi.org/10.3126/spandan.v14i1.74862

Issue

Section

Articles