भाषाशिक्षणका सामान्य र विशिष्ट पद्धतिहरू

Authors

  • केशव भुसाल

DOI:

https://doi.org/10.3126/spandan.v14i1.74861

Keywords:

भाषाशिक्षण, नेपाली भाषाशिक्षण, भाषाशिक्षणका सामान्य विधिहरू, भाषाशिक्षणका विशिष्ट विधिहरू

Abstract

भाषाशिक्षण भाषिक सीप एवम् कुशलताहरूको शिक्षण हो । भाषाशिक्षणका क्षेत्रमा विभिन्न पद्धतिहरूको प्रयोग अपरिहार्य हुन्छ । भाषाशिक्षणका सन्दर्भमा विषयगत शिक्षण पद्धतिले सिकाइ शिक्षणार्थ स्थापित सामान्य र विशिष्ट पद्धतिहरूलाई दर्साउँदछ । प्रस्तुत लेख नेपाली भाषाशिक्षणका सामान्य र विशिष्ट पद्धतिहरूको अध्ययन विश्लेषणमा आधारित रहेको छ । वस्तुतः भाषाशिक्षणको परिचय दिनु, भाषाशिक्षणका पद्धतिहरूको पहिचान गर्नु र नेपाली भाषाशिक्षणका सामान्य र विशिष्ट पद्धतिहरूको चर्चा गर्नु यस लेखका मूलभूत उद्देश्यका रूपमा रहेका छन् । प्रस्तुत लेख गुणात्मक अनुसन्धान पद्धतिमा आधारित रहेको छ । यस लेखमा पुस्तकालयीय अध्ययन पद्धतिको प्रयोग गरी आवश्यक सामग्रीहरूको अध्ययन गरिएको छ । यस क्रममा भाषाशिक्षण तथा नेपाली भाषाशिक्षणका बारेमा चर्चा गरिएका नेपाली, हिन्दी र अङ्ग्रेजी सैद्धान्तिक सामग्रीहरूलाई यस अध्ययनमा उपयोग गरिएको छ र तिनको अध्ययन–अन्वेषणबाट आवश्यक कुराहरू अध्याहार गरिएको छ । यस लेखको तयारीका क्रममा अध्ययनबाट प्राप्त कुराहरूलाई व्याख्यात्मक तथा विश्लेषणात्मक पद्धतिका माध्यमबाट प्रस्तुत गरिएको छ । यस अध्ययनबाट भाषाशिषण भाषाका चार वटा सीपहरू:  सुनाइ, बोलाइ, पढाइ र लेखाइमा विद्यार्थीहरूलाई समर्थ तुल्याउन गरिने शिक्षणको रूपमा रहेको, भाषाशिक्षणका क्षेत्रमा सामान्य र विशिष्ट पद्धतिहरू प्रचलनमा रहेका, भाषाशिक्षणको प्रभावकारी व्यवहारबाट विद्यार्थीहरूमा अपेक्षित क्षमताको विकास गराउन सकिने अवस्था रहेको लगायतका निष्कर्ष निकालिएको छ । प्रस्तुत लेख भाषाशिक्षण तथा नेपाली भाषाशिक्षणका क्षेत्रमा क्रियाशील विद्वानहरू, अध्यापनरत शिक्षकहरू, अध्ययनरत विद्यार्थीहरू र सम्बद्ध सरोकारवाला सबैका लागि उपयोगी हुने अपेक्षा गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
13
PDF
5

Downloads

Published

2024-06-30

How to Cite

भुसाल क. (2024). भाषाशिक्षणका सामान्य र विशिष्ट पद्धतिहरू. Spandan, 14(1), 18–28. https://doi.org/10.3126/spandan.v14i1.74861

Issue

Section

Articles