जनताको बहुदलीय जनवाद ः सैद्धान्तिक आधार, विशेषता र नेपालको राजनीतिक सन्दर्भ

Authors

  • Indra Prasad Timalsena TU

Keywords:

जनताको बहुदलीय जनवाद, लोकतन्त्र, संविधान, मानव अधिकार, बहुलवाद, शक्ति पृथकीकरण

Abstract

जनताको बहुदलीय जनवाद (जबज) नेपालको कम्युनिष्ट आन्दोलनमा आएको एक महŒवपूर्ण सैद्धान्तिक मोड हो, जसले माक्र्सवाद लेनिनवादलाई नेपाली समाज, संस्कृति र राजनीतिक सन्दर्भसँग जोड्ने प्रयास गरेको छ। यो विचार जननेता मदनकुमार भण्डारीले २०४९ मा नेकपा (एमाले) को पाँचौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरेका थिए। जबजले समाजवाद प्राप्त गर्ने मार्गलाई हिंसात्मक क्रान्तिभन्दा फरक लोकतान्त्रिक प्रक्रियाबाट हासिल गर्न सकिने बताउँछ। यस अध्ययनमा जबजका १४ प्रमुख विशेषताहरूको विश्लेषण गर्दै संविधानको सर्वोच्चता, शक्ति पृथकीकरण, बहुलवाद, कानूनी शासन, मानव अधिकार, बहुदलीय प्रतिस्पर्धा र आवधिक निर्वाचन आदि सिद्धान्तहरूको नेपालको राजनीतिक विकासमा सान्दर्भिकता मूल्याङ्कन गरिएको छ। अध्ययन गुणात्मक विधिमा आधारित छ, जसमा शैक्षणिक लेख, पुस्तक र नीति दस्तावेजजस्ता द्वितीयक स्रोतहरू लावती (सन् २००५),भुसाल (२००८०), घिमिरे र फुयाल (सन् २०२२), दाहाल (सन् २०२३),रावल (सन् २००७) को प्रयोग गरिएको छ। प्राप्त नतिजाले जनताको बहुदलीय जनवादले नेपालमा लोकतान्त्रिक मूल्य, सहिष्णुता, प्रतिस्पर्धा र जनसहभागितामूलक शासन प्रणाली सुदृढ गर्न महŒवपूर्ण योगदान पुर्याएको देखाउँछ। यसले नेपालको राजनीतिक संस्कृतिलाई लोकतान्त्रिक दिशातर्फ उन्मुख गराउँदै समाजवाद र जनताको हितबीच सन्तुलन कायम गर्ने प्रयास गरेको निष्कर्ष निकालेको छ ।

Abstract
172
PDF (Nepali)
0

Downloads

Published

2025-12-31

How to Cite

जनताको बहुदलीय जनवाद ः सैद्धान्तिक आधार, विशेषता र नेपालको राजनीतिक सन्दर्भ. (2025). Sotang, Yearly Peer Reviewed Journal, 7(01), 45-55. https://doi.org/10.3126/sotang.v7i01.89327

Issue

Section

Articles

How to Cite

जनताको बहुदलीय जनवाद ः सैद्धान्तिक आधार, विशेषता र नेपालको राजनीतिक सन्दर्भ. (2025). Sotang, Yearly Peer Reviewed Journal, 7(01), 45-55. https://doi.org/10.3126/sotang.v7i01.89327