माध्यमिक तहमा श्रुतिबोध शिक्षणका चुनौती र प्रभावकारी कार्यान्वयनका रणनीतिहरू
DOI:
https://doi.org/10.3126/sotang.v7i01.89323Keywords:
श्रुतिबोध सिप, माध्यमिक तह, बहुभाषिक पृष्ठभूमि, सहभागितामूलक शिक्षण, शिक्षक दक्षता, प्रतिफल आधारित मूल्याङ्कनAbstract
प्रस्तुत अध्ययन ‘माध्यमिक तहमा श्रुतिबोध शिक्षणका चुनौती र प्रभावकारी कार्यान्वयनका रणनीतिहरू’ शीर्षकमा आधारित छ । भाषिक सिपहरू मध्ये श्रुतिबोध सिपलाई आधारभूत र पूर्वाधार मानिन्छ किनभने विद्यार्थीले सुनेका भाषिक सामग्रीलाई ग्रहण, अर्थनिर्माण र सम्प्रेषणमा प्रयोग गर्न यसले सहयोग गर्दछ । तर माध्यमिक तहमा सञ्चालन हुने नेपाली भाषा शिक्षणमा श्रुतिबोध सिपको अभ्यास अपेक्षित रूपमा सुदृढ छैन । विशेषगरी शिक्षक केन्द्रित परम्परागत पद्धति, बहुभाषिक कक्षा परिस्थितिले सिर्जना गर्ने ध्वनि र अर्थ भिन्नताको चुनौती, श्रव्य–दृश्य शिक्षण सामग्रीको न्यूनता तथा मूल्याङ्कन प्रव्रिmयामा प्रतिफल आधारित अभ्यासको कमी मुख्य समस्या हुन् । यसैले श्रुतिबोध सिप विकासमा देखिएका चुनौती र सुधारका रणनीति पहिचान गर्नु अध्ययनको केन्द्र रहेको छ । यस अध्ययनको उद्देश्य माध्यमिक तहमा श्रुतिबोध शिक्षणको वर्तमान अवस्था वर्णन गर्नु, सिकाइमा अवरोध उत्पन्न गर्ने कारणहरू विश्लेषण गर्नु र प्रभावकारी शिक्षण रणनीति प्रस्ताव गर्नु हो । यो अध्ययन गुणात्मक अनुसन्धान विधिमा आधारित छ । पुस्तकालयीय स्रोत समीक्षा, पाठ्यपुस्तक एवम् पाठ्यव्रmम विश्लेषण, शिक्षकसँगको अनौपचारिक अन्तर्वार्ता तथा कक्षाकोठा व्यवहार अवलोकनबाट तथ्य सङ्कलन गरिएको छ । सङ्कलित सूचनाहरूलाई विषयगत थिमको आधारमा विश्लेषण गरिएको छ । नतिजाअनुसार श्रुतिबोध शिक्षणमा ध्वनि पहिचानदेखि वाक्य अर्थनिर्माण, श्रुतिलेख र श्रुतिसारसम्मका चरणबद्ध अभ्यासहरू प्रभावकारी देखिएका छन् । साथै विद्यार्थी सहभागिता, संवादमुखी व्रिmयाकलाप, सन्दर्भसापेक्ष सामग्री र निरन्तर प्रतिफलमुखी मूल्याङ्कन विधिको प्रयोगले श्रुतिबोध सिप उल्लेखनीय रूपमा सुदृढ पार्न सक्ने पुष्टि भएको छ । यस अध्ययनको उपयोगिता माध्यमिक तहका नेपाली भाषा शिक्षक, शिक्षक तालिम तथा पाठ्यव्रmम विकास गर्ने निकाय र विद्यालय स्तरको भाषिक सिप उन्नयन कार्यव्रmमका लागि व्यावहारिक र मार्गदर्शक रूपमा रहने अपेक्षा गरिएको छ ।