व्याकरणका अभ्यास संयोजनका दृष्टिले कक्षा दशको नेपाली पाठ्यपुस्तक

Authors

DOI:

https://doi.org/10.3126/sotang.v7i01.89322

Keywords:

अनुलेखात्मक, पहिचानात्मक, व्याकरणात्मक, रूपान्तरणात्मक, सूक्ष्म

Abstract

प्रस्तुत अध्ययन कक्षा १० को नेपाली (२०७४) पाठ्यपुस्तकमा रहेका व्याकरण अभ्यासको विश्लेषणमा केन्द्रित छ । यसमा विधागत आधारमा व्याकरणात्मक अभ्यासको अध्ययन गरिएको छ । गुणात्मक ढाँचाअन्तर्गत विषयवस्तु विश्लेषण विधि अपनाई कक्षा १० को नेपाली पाठ्यपुस्तकको अध्ययन गरिएको छ । पाठ्यपुस्तकलाई अध्ययन क्षेत्र बनाई व्याकरणात्मक अभ्यासलाई अध्ययनीय विषयको आधार मानिएको छ । अभ्यासलाई पहिचानात्मक, रूपान्तरणात्मक, उत्पादनात्मक, अन्वेषणात्मक, प्रयोगात्मक, अनुलेखात्मक आदि आधारमा विभाजन गरी सोही सिद्धान्तको जगमा व्याकरणात्मक अभ्यासको सूक्ष्म विश्लेषण गरिएको छ । व्याकरणात्मक अभ्यासको विश्लेषणका सन्दर्भमा प्रतिशताङ्कको उपयोग गरिएको छ । अभ्यासको विश्लेषण गर्दा विधागत आधार अपनाइएको छ । कवितामा विधामा प्रयोग गरिएका व्याकरणात्मक अभ्यासमा सबैभन्दा बढी प्रयोगात्मक अभ्यास, कथा विधामा रूपान्तरणात्मक र पहिचानात्मक अभ्यास, जीवनी विधामा रूपान्तरणात्मक अभ्यास, निबन्ध विधामा पहिचानात्मक र अन्वेषणात्मक अभ्यास, रूपक विधामा पहिचानात्मक अभ्यास, चिठी विधामा रूपान्तरणात्मक, पहिचानात्मक, अनुलेखनात्मक र अन्वेषणात्मक अभ्यासको बढी प्रयोग भेटिएको छ । पाठ्यपुस्तकमा प्रयोग गरिएका व्याकरणका अभ्यासमा विविधता सिर्जना गरिए पनि अभ्यासको प्रयोगमा एकरूपता देखिएको छैन । पाठकेन्द्रित र प्रकार्यकेन्द्रित अभ्यासलाई पनि प्राथमिकता दिइएकाले विद्यार्थीको सिकाइका दृष्टिले भने उपयुक्त रहेको छ । यस अध्ययनको प्राप्तिले भाषा पाठ्यक्रम र पाठ्यपुस्तक तथा शिक्षण सिकाइ र व्याकरणप्रति चासो राख्ने सबैलाई सहयोग पुग्ने विश्वास लिइएको छ ।

Downloads

Download data is not yet available.
Abstract
5
PDF (नेपाली)
3

Author Biography

Umesh Kafle, TU

उपप्राध्यापक

Published

2025-12-31

How to Cite

Kafle, U. (2025). व्याकरणका अभ्यास संयोजनका दृष्टिले कक्षा दशको नेपाली पाठ्यपुस्तक. Sotang, Yearly Peer Reviewed Journal, 7(01), 11–20. https://doi.org/10.3126/sotang.v7i01.89322

Issue

Section

Articles