नेपाली विषयका शिक्षकको सूचनाप्रविधिका प्रयोग अवस्थाको अनलाइन सर्वेक्षण

Authors

  • Shakti Raj Nepal Tribhuvan University

Keywords:

उत्प्रेरणा, पेसागत विकास, प्रविधि पहुँच, विद्यालय प्रशासन, सिकाइ प्रभाव

Abstract

प्रस्तुत लेख नेपाली विषयका शिक्षकको सूचनाप्रविधिका प्रयोगको अनलाइन सर्वेक्षणको अध्ययनमा केन्द्रित छ । अध्ययनको मूल उद्देश्य नेपाली भाषा शिक्षा अध्यापन गर्ने नेपाली शिक्षकको सूचना प्रविधिमा रहेको प्रयोग अवस्थाको पहिचान गर्नु हो । प्रस्तुत अध्ययन गुणात्मक पद्धतिमा आाधारित छ तथा अनलाइन सर्वेक्षणमा आधारित रही सामग्रीको सङ्कलन गरिएको छ भने सामग्री विश्लेषणमा थिमेटिक शीर्षकको निर्माण गरी वर्णनात्मक विधिको प्रयोग गरिएको छ । प्रारम्भमा यादृच्छिक नमुना छनोट विधिको प्रयोग गरी सामग्री सङ्कलन गरिएको छ । सूचनाप्रविधिहरू जस्तै, ल्यापटपको   प्रयोग, कम्प्युटरको प्रयोग, मोबाइलको प्रयोग, स्मार्ट बोर्डको प्रयोग, प्रोजेक्टरको प्रयोग गरी नेपाली भाषा शिक्षण गर्ने शैक्षणिक गतिविधिमा आधारित पहुँचको अभिमत सङ्कलन गरी भाषा शिक्षणमा सूचनाप्रविधिको प्रयोग र पहुँचमा आधारित दृष्टिकोणको मूल्याङ्कन गरिएको छ । प्राप्त प्रतिक्रियालाई वृत्त चित्र, तालिका तथा लम्ब चित्रमा प्रस्तुत गरी प्रतिशत गणना तथा थिमेटिक विधिका आधारमा विश्लेषण गरी निष्कर्ष निकालिएको छ । नेपाली विषयका शिक्षकको सूचनाप्रविधिमा पहुँचलाई कक्षाकोठाका शैक्षणिक गतिविधिमा आधारित भइ अध्ययन गरिएको छ । शिक्षकले विशेषगरी सूचनाप्रविधिको प्रयोगसम्बन्धी तालिम तथा प्रविधिको अभावका कारण प्रयोग गर्न सहज नभइरहेको एवम् सूचनाका विभिन्न स्रोतमध्ये प्रविधिलाई पनि अपनाउने गरेको पाइएको छ । शिक्षकको पेसागत विकासका लागि सूचनाप्रविधिमैत्री शिक्षण गर्नु आवश्यकता रहेको, तालिमको आवश्यकता परेको, इन्टरनेटको प्रयोग तथा उपलब्धतामा कमी रहेको, परम्परागत प्रविधि (टिभी, रेडियो, कम्प्युटर जस्ता सामग्री) को प्रयोगमा बढी जोड दिएको र यसका लागि विद्यालयका सबै पक्ष तथा शिक्षक स्वयम् पनि चुनौतीका रूपमा देखिएको शिक्षकले बताएका छन् । वस्तुतः शिक्षणमा सूचनाप्रविधिको प्रयोगको अवस्था, प्रकृति तथा चुनौतीको अध्ययन गर्न सहयोग गर्ने तथा शिक्षकलाई प्रविधि प्रयोगमा उत्साह थप्न एवम् समसामयिक शैक्षणिक क्रियाकलापमा सूचनाप्रविधिको प्रयोग गर्ने आधार बनाउनका लागि सहयोग गर्ने भएकाले प्रस्तुत लेखको उपयोगिता रहेको छ ।

Abstract
193
PDF
0

Downloads

Published

2024-12-06

How to Cite

नेपाली विषयका शिक्षकको सूचनाप्रविधिका प्रयोग अवस्थाको अनलाइन सर्वेक्षण. (2024). Sotang, Yearly Peer Reviewed Journal, 6(1), 49-68. https://doi.org/10.3126/sotang.v6i1.72179

Issue

Section

Articles

How to Cite

नेपाली विषयका शिक्षकको सूचनाप्रविधिका प्रयोग अवस्थाको अनलाइन सर्वेक्षण. (2024). Sotang, Yearly Peer Reviewed Journal, 6(1), 49-68. https://doi.org/10.3126/sotang.v6i1.72179