भाषिक अनुसन्धानमा साङ्ख्यिकीको उपयोग

Authors

  • Rajendra Khanal Tribhuvan University

DOI:

https://doi.org/10.3126/sotang.v6i1.72178

Keywords:

साङ्ख्यिकी, तालिका, लेखाचित्र, स्तम्भचित्र, वृत्तचित्र

Abstract

प्रस्तुत लेख भाषिक अनुसन्धानमा साङ्ख्यिकीको सान्दर्भिकता तथा त्यसको उपयोग पक्षहरू तालिका, आरेख तथा आलेखको प्रस्तुतिमा केन्द्रित छ । पुस्तकालयीय अध्ययन प्रक्रियाबाट सामग्री सङ्कलन गरी त्यसैका आधारमा लेख तयार गरिएकाले यो गुणात्मक प्रकृतिको बनेको छ । अनुसन्धान तथा साङ्खिकीय उपयोगसम्बन्धी विभिन्न सैद्धान्तिक ग्रन्थहरूलाई स्रोत सामग्री बनाई लेख तयार पारिएको छ । मूलतः परिमाणात्मक अनुसन्धानमा विशेष महŒव दिइने साङ्खिकीय विश्लेषण एवम् प्रस्तुतीकरण भाषिक अनुसन्धानमा पनि प्रभावकारी हुन्छ । विश्लेषित तथ्य या तथ्याङ्कलाई छरितो, सुस्पष्ट तथा प्रभावकारी किसिमले सम्प्रेषणीय बनाउनका लागि साङ्खिकीले महŒवपूर्ण भूमिका खेलेको हुन्छ । अनुसन्धान प्रतिवेदनलाई पाठकमैत्री बनाउनुका साथै विषयवस्तुलाई सरल बनाउन पनि साङ्खिकीको उच्च महत्ता हुन्छ । यस लेखमा साङ्खिकीको महŒव उल्ल्ेख गरी यसका विविध आयाममध्ये तालिका, आरेख तथा आलेखको परिचयात्मक सन्दर्भसहित नुमनासमेत दिइएको छ । त्यस्तै सारिणीकरण गर्ने तरिकाबारे पनि लेखमा जानकारी प्रस्तुत गरिएको छ । यस लेखमा एउटा चलमा आधारित सङ्ख्यालाई तालिकाबद्ध गर्नका लागि एकपक्षीय तालिकाको उपयोग गरिन्छ भने चलको सङ्ख्याअनुसार दुईपक्षीय, तीनपक्षीय वा बहुपक्षीय तालिकामा सम्बन्धित तथ्याङ्कहरू समावेश गरेर प्रस्तुतिलाई प्रभावकारी र छरितो बनाउन सकिन्छ । भाषिक अनुसन्धानका प्राप्तिलाई सम्प्रेषणीय र आकर्षक तुल्याई प्रभावकारी बनाउन प्रतिवेदनमा विभिन्न प्रकारका स्तम्भचित्र, जस्तै साधारण स्तम्भचित्र, खण्डे स्तम्भचित्र तथा बहुस्तम्भ चित्रको उपयोग गर्न सकिन्छ । त्यस्तै वृत्तचित्र तथा आलेख (बहुुभुजचित्र) का माध्यमबाट भाषिक अनुसन्धानका तथ्याङ्क प्रस्तुत गरेमा प्रतिवेदन प्रभावकारी एवम् सार्थक बन्न सक्छ भने छरितो र बोधगम्य पनि बन्ने भएकाले भाषिक अनुसन्धानमा यसको उपयोगिता सिद्ध हुने देखिन्छ ।

Abstract
32
PDF
21

Downloads

Published

2024-12-06

How to Cite

Khanal, R. (2024). भाषिक अनुसन्धानमा साङ्ख्यिकीको उपयोग. Sotang, Yearly Peer Reviewed Journal, 6(1), 36–48. https://doi.org/10.3126/sotang.v6i1.72178

Issue

Section

Articles