सुकरातका पाइला उपन्यासमा अभिघात

Authors

  • Ambika Aryal Tribhuvan University

Keywords:

अभिघात, द्वन्द्व, मनस्थिति, शमनवृत्ति, हिंसा

Abstract

गोविन्दराज भट्टराईको ‘सुकरातका पाइला’ उपन्यासमा मानवनिर्मित स्रोत अर्थात् दसवर्षे जनयुद्ध, द्वन्द्व तथा हिंसाले निम्त्याएको दुर्घटनाका कारण देखापरेको शारीरिक एवम् मानसिक अभिघातलाई प्रस्तुत गरिएको छ । यस किसिमका अभिघातको प्रस्तुति केकसरी गरिएको छ भन्ने प्राज्ञिक समस्याको निरूपण गर्ने लक्ष्य यस लेखको रहेको छ । यस क्रममा विवेच्य उपन्यासको विश्लेषणका लागि केथी कारुथको अभिघातसम्बन्धी अवधारणालाई सैद्धान्तिक आधार मानिएको हुनाले यो लेख निगमनात्मक प्रवृत्तिको बनेको छ । पुस्तकालयीय कार्यबाट प्राथमिक तथा द्वितीयक सामग्री सङ्कलन गरी विश्लेषणात्मक पद्धतिको प्रयोग गरिएको यो लेख गुणात्मक प्रवृत्तिको बन्न पुगेको छ । प्राकृतिक एवम् मानवनिर्मित घटनाका कारणले मानिसमा पर्ने मानसिक चोट, दुःख, कष्ट एवम् सङ्कटको स्थिति अभिघात हो । दुःखदायी घटनाको परिणामस्वरूप देखा पर्ने शारीरिक तथा मानसिक क्षति तथा त्यसबाट निर्मित तनावको स्थिति र पीडाबोधलाई अभिघातका रूपमा लिन सकिन्छ । भट्टराईको प्रस्तुत उपन्यासको नायक अनन्त मानसिक अभिघातको सिकार बनेको पात्र हो । यस उपन्यासमा शारीरिक भन्दा मनोवैज्ञानिक रूपमा विक्षिप्त बनेका र डिप्रेसनमा पुगेर आत्महत्याको बाटो रोज्ने स्थितिलाई चित्रण गरिएको छ । कारुथको मान्यतामा अभिघातले विनाशतर्फ भन्दा भोक्तालाई जीवित राख्ने मार्ग देखाउनुपर्छ । उनले भनेझैँ नभएर यस उपन्यासमा अभिघात भोगिरहेको नायक अनन्तले आफ्नो जीवन आफैँबाट छिनेर आत्महत्याको बाटो रोजेको छ । यस उपन्यासमा अभिघातलाई शमन गर्ने भन्दा पनि पुनस्र्मृति गरी जीवनलाई नै बोझ ठान्ने पात्रको उपस्थिति मात्रै नभएर जीवन रहे सबैथोक रहन्छ भन्ने अस्तित्ववादी सोच बोकेका सुकरातजस्ता पात्रको उपस्थितिले केथी कारुथकै मतलाई समर्थन गरेको अवस्था पनि छ । तसर्थ मानवनिर्मित स्रोतबाट सिर्जित अभिघातका कारण शारीरिक र मानसिक दुर्दशा भोगिरहेका पात्रहरूले जीवन जिउने मार्ग देखाउने तथा निराश बनेर मृत्युलाई रोज्ने दुवै प्रवृत्तिको प्रतिनिधित्व गरेका छन् । यसरी ‘सुकरातका पाइला’ उपन्यासमा माओवादी सशस्त्र द्वन्द्वका कारण समस्यामा परेका पात्रहरूको जीवनको दुर्दशा र प्रियजनको वीभत्स हत्या देखेपछि सिर्जित मानसिक अभिघातले जीवनबाटै विमुख बनाउने स्थितिमा कसरी पु¥यायो भन्ने तथ्यलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ ।

Abstract
134
PDF
0

Downloads

Published

2024-12-06

How to Cite

सुकरातका पाइला उपन्यासमा अभिघात. (2024). Sotang, Yearly Peer Reviewed Journal, 6(1), 1-14. https://doi.org/10.3126/sotang.v6i1.72175

Issue

Section

Articles

How to Cite

सुकरातका पाइला उपन्यासमा अभिघात. (2024). Sotang, Yearly Peer Reviewed Journal, 6(1), 1-14. https://doi.org/10.3126/sotang.v6i1.72175