नेपाली शिक्षाका विद्यार्थीको तार्किक लेखन क्षमता

Authors

  • शक्तिराज नेपाल Shakti Raj Nepal Tribhuvan University

DOI:

https://doi.org/10.3126/sotang.v5i1.65061

Keywords:

अभिव्यक्ति, उदाहरण, तार्किकता, दाबी, प्रमाण, सन्दर्भ

Abstract

नेपाली शिक्षाका विद्यार्थीको तार्किक लेखन क्षमता नै यस लेखको शीर्षक हो । त्रिभुवन विश्वविद्यालय, स्नातक तह, नेपाली शिक्षामा अध्ययनरत जम्मा २१ जना विद्यार्थीलाई मात्र यस लेखमा नमुनाका रूपमा लिइएको छ । यस लेखमा उक्त नेपाली शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूको मात्र तार्किक लेखन क्षमताको परीक्षण तथा विश्लेषण गर्ने उद्देश्य राखिएको छ । अध्ययनका लागि अनुच्छेदभित्रको तर्क प्रस्तुतिभित्र दाबी, प्रमाण, उदाहरण, सहयोगी वाक्य तथा शब्द र पुष्टि, तर्कको पक्ष तथा विपक्षलाई विश्लेषणको अध्ययनीय वस्तु बनाइएको छ भने   समग्रता र भाषिक पृष्ठभूूमिलाई अध्ययनको आधार बनाई तथ्याङ्कशास्त्रीय मध्यमान र प्रतिशत विधिद्वारा व्याख्या विश्लेषण गरी निष्कर्षमा पुगिएको छ । यस अध्ययनको प्राप्तिअनुसार नेपाली शिक्षाका विद्यार्थीको तर्कको दाबी गर्ने क्षमतामा ६३ प्रतिशत तथा तर्कको प्रमाण तथा सन्दर्भमा ७७.३८ प्रतिशत क्षमता रहेको पाइएको छ । साथै तर्कको पुष्टि गर्ने क्षमता ६७.८५ प्रतिशत रहेको पाइएको छ भने तर्कको उदाहरण तथा तथ्य प्रस्तुति दिने क्षमतामा ५८.३३ प्रतिशत पाइएको छ । यसैगरी तर्कको पक्ष तथा विपक्ष प्रस्तुत गर्ने क्षमता ५९.५२ प्रतिशत रहेको पाइएको छ । समग्रमा नेपाली शिक्षाका विद्यार्थीको तार्किक लेखनको क्षमता ६५.२१% प्रतिशत रहेको छ । त्यसैगरी भाषिक पृष्ठभूमिका आधारमा नेपाली मातृभाषी विद्यार्थीको औसत क्षमता ७३.५१ प्रतिशत रहेको पाइएको छ भने नेपाली विमातृभाषी विद्यार्थीको औसत क्षमता ७७.९५ प्रतिशत रहेको पाइएको छ । लेखाइ सिपको विशिष्ट अभ्यासका रूपमा तार्किक लेखनलाई लिइने भएकाले विद्यार्थीले लेखन अभ्यासमा एकरूपता, प्राज्ञिक प्रकृतिको तार्किक ढाँचा, परिष्कृत भाषाशैली तथा तथ्ययुक्त लेखनको अभ्यासमा बढी जोड दिनुुपर्ने देखिन्छ । स्थलगत सर्वेक्षण तथा कक्षा अवलोकन विधिको प्रयोग गरी सामग्री सङ्कलन गरिएको यस लेखमा परिमाणात्मक अध्ययन पद्धतिलाई अपनाइएको छ । प्राज्ञिक प्रकृतिको तार्किक लेखन जस्तो विशिष्ट प्रकृतिको लेखनमा विद्यार्थी, शिक्षक तथा सरोकारवालाहरूले अलि बढी ध्यान दिनुपर्ने देखिन्छ र ती सरोकारवालाहरूलाई यस अध्ययनले तार्किक तथा स्तरीय लेखनका सवालमा सहयोग पुुर्याउने देखिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
51
PDF
33

Downloads

Published

2023-12-31

How to Cite

शक्तिराज नेपाल Shakti Raj Nepal. (2023). नेपाली शिक्षाका विद्यार्थीको तार्किक लेखन क्षमता. Sotang, Yearly Peer Reviewed Journal, 5(1), 53–67. https://doi.org/10.3126/sotang.v5i1.65061

Issue

Section

Articles