ताप्लेजुङ स्थित पाथिभरा देवस्थलको सांस्कृतिक सम्पदा

Authors

  • भूपाल कुमार सेन्दाङ Bhupal Kumar Sendang Tribhuvan University

DOI:

https://doi.org/10.3126/sotang.v5i1.65060

Keywords:

ताप्लेजुङ जिल्ला, पाथीभरा देवस्थल, मुन्धुम, संस्कृति, सेमुक्ति मुक्तिगोक÷मुक्कुमलुङ

Abstract

ताप्लेजुङ जिल्लाको सदरमुकाम फूङलिङ बजारदेखि करिब साढे उन्नाईस किलो मिटर उत्तर ३७९४ मीटर अग्लो पहाडमाथि पाथीभरा देवस्थल रहेको छ । पाथीभरा देवस्थल रहेको डाँडो पाथीमा अन्न भर्दा बन्ने आकृतिसंग दुरुस्तै मिल्ने भएकोले यसको नाम पछिल्लो समयमा पाथीभरा रहेको देखिन्छ । परापूर्व कालदेखि यहाँ बसोवास गर्ने आदिवासी लिम्बू जातिले भने पाथीभरा देवस्थल रहेको पहाडलाई ‘सेमुक्ति मुक्तिगोक वा मुक्कुमलुङ’ नामले पवित्र शक्तिदायिनी पहाडका रुपमा पूज्ने गर्दछन । हाल आएर पाथीभरा देवस्थल किरात, हिन्दू, बौद्ध र बोन धार्मावलम्बीहरुको धार्मिक आस्थाकोे साझा केन्द्रको रुपमा रहेकोले यहाँ हरेक बर्ष हजारौको संख्यामा भक्तजनहरु आउने गर्दछन । यस प्रकारको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस देवस्थलको हालसम्म व्यवस्थित खोज­अनुसन्धान नहँुदा यसको ऐतिहासिक र सांस्कृतिक पक्षहरु सबैसामु प्रकाशमा आउन सकेको छैन । उक्त पृष्ठभूमिमा यस देवस्थलको स्थापना कहिले भएको थियो ? देवस्थलसँग सम्बन्धित के कस्ता मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाहरु रहेका छन् ? भन्ने मुख्य अनुसन्धान प्रस्नहरुको जवाफ प्राप्त गर्ने उद्देश्यले प्रस्तुत अध्ययन गरिएको छ । यस अनुसन्धानबाट हालसम्म लुप्त रहेको पाथीभरा देवस्थलको उत्पत्ति र स्थापनाको ऐतिहासिक पक्ष र देवस्थलसँग सम्बन्धित मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाहरुको प्रकाशन हुनेछ । यो अध्ययन विशेषत अन्वेषणात्मक प्रकृतिको गुणात्मक तथा ऐतिहासिक अध्ययन हो । यसमा आवस्यक प्राथमिक तत्थ्यहरु अवलोकन र अन्तर्वार्ताको माध्यमबाट र द्वित्तीयक तत्थ्यहरु देवस्थलसँग सम्बन्धित प्रकाशित अप्रकाशित पुस्तक, लेख–रचना तथा शोधपत्रहरुबाट संकलन गरिएका छन । यी तत्थ्यहरुलाई ब्याख्या र विश्लेषण गरेर हेर्दा पाथीभरा देवस्थलको स्थापना आजभन्दा करिव एक सय पचहत्तर वर्षअघि वा सो समयको आसपासमा भएको देखिन्छ । प्रारम्भमा यस देवस्थल साधा शिला खडागरी स्थापना गरिएकोमा हाल यहाँ विभिन्न देवीदेवताको शिला तथा धातुका मूर्तिहरु स्थापना गरिएका छन । यस देवस्थलमा रहेका प्रमुख मूर्त सांस्कृतिक सम्पदाहरुमा पाथीभरा देवीको पुरानो साधा ढुङ्गेमूर्ति, धातुबाट बनेको कालीका भगवतीको मूर्ति, गणेशको मूर्ति, भैरवको मूर्ति, दुर्गाको मूर्ति, शिवलिङ्ग, पाटीहरु तथा घण्टीहरु रहेका छन । यस्तै अन्य मूर्त सांस्कृतिक सम्पदाहरुमा यस देवस्थल परिसर रहेको मुक्कुमलुङ यूमामाङको माङहिम, हवन कुण्ड र महागुरु फाल्गुनन्दको शिलाको मूर्ति हुन । यस देवस्थलका अमूर्त सांस्कृतिक सम्पदाहरुमा शक्तिपिठको रुपमा यस देवस्थललाई पूजिने विश्वास र परम्परा, पशुपंक्षीको भोगबली वा विना भोगबली पनि फलफूल चढाई देवीको पूजाआजा गर्ने प्रचलन, पाथीभरा देवीको दर्शन गरेमा सन्तान प्राप्ति, व्यपार वृद्धि , रोगव्याधी उन्मुलन ,आफुलाई परेको दुख र समस्याबाट मुक्ति भई परिवारमा आरोग्य, ऐश्वर्य र चिरायु प्राप्ति हुने भक्तजनहरुको विश्वास र यस   देवस्थलमा विशेषत दशैंको नौरथा, चैते दशै र चण्डिपूणर््िामाको समयमा लाग्ने जात्रा–पर्वहरु मुख्य रुपमा रहेका छन ।

Downloads

Download data is not yet available.
Abstract
36
PDF
26

Downloads

Published

2023-12-31

How to Cite

भूपाल कुमार सेन्दाङ Bhupal Kumar Sendang. (2023). ताप्लेजुङ स्थित पाथिभरा देवस्थलको सांस्कृतिक सम्पदा. Sotang, Yearly Peer Reviewed Journal, 5(1), 38–52. https://doi.org/10.3126/sotang.v5i1.65060

Issue

Section

Articles