दार्चुलेली र बैतडेली भाषाको तुलनात्मक अध्ययन

Authors

  • गोकर्ण जोशी Gokarna Joshi Tribhuvan University

DOI:

https://doi.org/10.3126/sotang.v5i1.65058

Keywords:

मातृभाषा, सापेक्षता, भौगोलिक अवस्था, तुलनात्मक अध्ययन

Abstract

भाषा मानवीय विचार विनिमयको सबैभन्दा प्रभावकारी र वैज्ञानिक माध्यम हो । नेपालमा हाल १२४ मातृभाषा बोलिन्छन् । यी भाषाहरूमध्ये सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाको अधिकांश ठाउँहरूमा दार्चुलेली भाषा प्रयोग व्यवहारमा रहेको छ भने बैतडेली जिल्लाको अधिकांश भागमा बैतडेली भाषा प्रयोग व्यवहारमा रहेको छ । प्रस्तुत लेखको उद्देश्य दार्चुलेली र बैतडेली भाषामा रहेको समानता र असमानता पत्ता लगाउनु रहेको छ । उल्लिखित उद्देश्य प्राप्तिका लागि गुणात्मक अनुसन्धान विधिको उपयोग गरिएको छ । यसका लागि तुलनात्मक भाषाविज्ञानको समकालीन पद्धतिअनुरूप आधारभूत शब्दसूचीका आधारमा दार्चुलेली भाषा र बैतडेली भाषाको तुलनात्मक अध्ययन गरिएको छ । प्रस्तुत लेखका लागि प्राथमिक सामग्री सङ्कलन गर्न दार्चुलेली मातृभाषी वक्ताहरूसित अन्तर्वार्ता लिइएको छ भने द्वितीयक सामग्रीका सङ्कलनका लागि भाषा, भाषाविज्ञानका सैद्धान्तिक पुस्तकहरू, बैतडेली भाषाको व्याकरणात्मक अध्ययन गरिएको शोधप्रबन्धको उपयोग गरिएको छ । यसरी दार्चुलेली र बैतडेली भाषाको तुलनात्मक अध्ययन गर्दा २१० आधारभूत शब्दसूची प्रयोग गरिएको छ । ती शब्दसूचीमध्ये ७९.०४ प्रतिशत शब्द समान र २०.९५ प्रतिशत शब्द असमान भेटिए । प्रस्तुत तथ्यले दार्चुलेली र बैतडेली भाषाका आधारभूत शब्दसूचीमा भिन्नता भएपनि निकट सम्बन्ध रहेको देखिन्छ । यो लेख तुलनात्मक भाषाविज्ञानमा रुचि राख्ने तथा दार्चुलेली र बैतडेली भाषाका अध्येताहरूका लागि उपयोगी हुने अपेक्षा गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
56
PDF
19

Downloads

Published

2023-12-31

How to Cite

गोकर्ण जोशी Gokarna Joshi. (2023). दार्चुलेली र बैतडेली भाषाको तुलनात्मक अध्ययन. Sotang, Yearly Peer Reviewed Journal, 5(1), 14–27. https://doi.org/10.3126/sotang.v5i1.65058

Issue

Section

Articles