आख्यानात्मक विधा सिकाइको स्वरूप
DOI:
https://doi.org/10.3126/smcrj.v7i1.89290Keywords:
आख्यानात्मक विधा, गद्याख्यान, भाषा सिकाइ, माध्यमिक तह, सिकाइ अनुभवAbstract
प्रस्तुत लेखको शीर्षक ‘आख्यानात्मक विधा सिकाइको स्वरूप’ रहेका छ । आख्यानात्मक विधा सिकाइको सैद्धान्तिक स्वरूपको वर्णन गर्नु यस लेखको उद्देश्य रहेको छ । यस अध्ययनमा पुस्तकालयीय कार्य र सहभागीसँगको खुला अन्तर्वार्ताबाट सामग्रीहरू सङ्कलन गरिएको छ । प्राप्त तथ्यहरूलाई अध्ययन गरी तिनका मुख्य आशय तथा थिमलाई संक्षेपमा वर्णन गरिएको छ । वर्णनात्मक विधिको उपयोग गरिएको यस अध्ययनमा गुणात्मक अनुसन्धान ढाँचाको प्रयोग गरिएको छ । आख्यानात्मक विधाको विकास श्रुतिपरम्पराबाट भएको पाइन्छ । यसको लामो परम्परा हुनुका साथै लोकप्रिय पनि छ । एउटा आख्यानात्मक रचनाका लागि कथावस्तु, कथानक, कथा, पात्र तथा चरित्र–चित्रण, विचारतङ्खव, परिप्रेक्ष्य, पर्यावरण, प्रतीक र बिम्ब, समय, गति र लय, भाषा बुनोट र संरचना आदिको आवश्यकता पर्दछ । यी समग्र तङ्खवहरूका आधारमा आख्यानको शिक्षण सिकाइ सहजीकरण गर्नुपर्ने हुन्छ । आख्यान विधा मूलतः श्रव्य पाठ्य विधा हो । यसमा घटनालाई काल्पनिक चरित्रका माध्यमबाट अभिव्यक्त गरिन्छ । यस विधाका माध्यमबाट विभिन्न सिकाइ कार्यकलाप गराउन सकिन्छ । आख्यानात्मक विधा सिकाइ सहजीकरण सरल हुनुका साथै विद्यार्थीहरूका लागि रूचिप्रद पनि छ । यसले सिकाइ दिगो बनाउन मद्दत गर्दछ ।