मिथक प्रयोगको सान्दर्भिकताका दृष्टिले सुम्निमा उपन्यास {Relevance of Mythical Use in the Sumnima Novel}

Authors

  • Mahendra Kumar Malla Tribhuvan University, Surkhet Multiple Campus

DOI:

https://doi.org/10.3126/shss.v1i2.87656

Keywords:

मिथक, तपोप्रबल, इन्द्रियनिग्रही, मांसलता, मनोविश्लेषण

Abstract

सुम्निमा उपन्यासकार विश्वेश्वरप्रसाद कोइरालाद्वारा रचना गरिएको उपन्यास हो । यो नेपाली उपन्यासमा मिथक प्रयोग गरी लेखिएको उपन्यास हो । मिथक प्रयोगको सान्दर्भिकता के कस्तो रहेको छ भन्दै त्यसलाई पहिल्याउने उद्देश्यमा लेख केन्द्रित रहेको छ । सामग्रीलाई पुस्तकालयीय पद्धतिबाट सङ्कलन गरेर तिनको क्रमबद्ध र व्यवस्थित ढाँचामा अध्ययन गरिएको छ । यस क्रममा तुलनात्मक र विश्लेषणात्मक अध्ययन विधिको उपयोग गरी उपन्यासमा प्रमुख मिथकीय सन्दर्भको खोजी गरिएको छ । हिन्दु धर्मग्रन्थहरूमा वर्णित अध्यात्मिक मूल्य र किराँती मिथकीय प्रतीकहरूलाई पात्रहरूमध्येको एक सोमदत्त तपोप्रबल, इन्द्रियनिग्रही र तापस ब्राह्मण बन्ने पूर्वीय आध्यात्मिक चेतनाबाट डोरिएको छ । ऊ संसारिक बन्धनमा नपरी विषयवासनाबाट विरत भएर मोक्ष प्राप्त गर्ने वृहदाणयकोपनिषद्को दर्शनलाई आत्मसात गरी अघि बढेको छ । फलस्वरूप उसका अचेतनका यौनजन्य चाहनाहरू कुण्ठित बन्न पुगेको छ । सन्तानोत्पत्तिका लागि मात्रै भन्दै उसले प्रलोमासँग विवाहरूपी कर्तव्यसम्पादन गरेको छ तर सन्तानोत्पत्तिमा विफल भएको छ । त्यसै गरी उपन्यासमा किराँती मिथकको प्रतीकका रूपमा अर्को प्रमुख पात्र सुम्निमा आएकी छ जसले भौतिकवादी जीवनदृष्टिलाई आत्मसात गरेकी छ । उसको सन्निकटताले सोमदत्त विचलित भएको छ र अन्ततः उसकै सम्झनामा पुलोमासँगको रतिक्रीडाले सन्तानको जन्म दिन सफल भएकी छ । यसरी दुई भिन्न जीवनदर्शनबाट डोरिएका सोमदत्त र सुम्निमाले अलग अलग अस्तित्वमा बाँच्दाका बखतभन्दा समन्वयवादी चिन्तनबाट एकत्वमा रूपायित हुँदा सफलता र सन्तुष्टि प्राप्त गरेका छन् । हिन्दू र किराँती मिथकीय सन्दर्भका आधारमा यौन मनोविश्लेषण गर्नु नै उपन्यासमा मिथक प्रयोगको सान्दर्भिकता हो ।

Downloads

Download data is not yet available.
Abstract
19
PDF (नेपाली)
16

Author Biography

Mahendra Kumar Malla, Tribhuvan University, Surkhet Multiple Campus

डा.महेन्द्रकुमार मल्ल लेखन तथा अनुसन्धान कार्यमा निरन्तर क्रियाशील हुनुहुन्छ। यस सम्बन्धी उहाँका थुप्रै लेखरचना र पुस्तकहरू प्रकाशित भएका छन्। विश्वविद्यालयका पाठ्यक्रममा आधारित नेपाली विषयका पाठ्यपुस्तकहरूको लेखनमा पनि उहाँ संलग्न हुनुहुन्छ । त्यसै गरी पछिल्लो समय गीतसङ्गीत तथा साहित्य सिर्जनामा पनि उहाँ उत्तिकै सक्रिय हुनुहुन्छ । साहित्यका विधामध्ये विशेष गरी उहाँ कविता र आख्यानका क्षेत्रमा सिर्जनारत हुनुहुन्छ। शिक्षण, अनुसन्धान र सिर्जनात्मक लेखनमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएका मल्ल मध्यपश्चिम विश्वविद्यालयको रजिस्ट्रारको भूमिकामा समेत रहिसक्नुभएको छ ।

Published

2025-12-21

How to Cite

Malla, M. K. (2025). मिथक प्रयोगको सान्दर्भिकताका दृष्टिले सुम्निमा उपन्यास {Relevance of Mythical Use in the Sumnima Novel}. Spectrum of Humanities and Social Sciences, 1(2), 169–177. https://doi.org/10.3126/shss.v1i2.87656

Issue

Section

Articles