सरकारी सेवामा मगरको प्रतिनिधित्वः लैङ्गिक असमानता र यसको असर
Keywords:
असमानता, मगर महिला, मगर पुुरुष, प्रतिनिधित्व, समावेशीकरणAbstract
नेपालको राज्य सञ्चालनमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासँगै निजामती सेवा, सुरक्षा निकाय तथा सार्वजनिक संस्थानहरूको महत्त्वपूर्ण भूमिका रहन्छ । राजनीतिक नेतृत्व परिवर्तनशील हुने तर कर्मचारी संयन्त्र निरन्तर क्रियाशील रहने भएकाले निजामती सेवालाई स्थायी सरकारका रूपमा लिइन्छ । यस लेखको उद्देश्य राज्य सञ्चालनका प्रमुख संयन्त्रहरूमा मगर समुदायको सहभागिता तथा विशेषतः मगर महिलाको प्रतिनिधित्व र लैङ्गिक अवस्थाको विश्लेषण गर्नु रहेको छ । ऐतिहासिक–विश्लेषणात्मक तथा वर्णनात्मक विधि अपनाई नेपाल सरकार, राष्ट्रिय तथ्याङ्क कार्यालय र सुरक्षा निकायका परिमाणात्मक तथा गुणात्मक तथ्याङ्क एवम् अभिलेखहरूको ऐतिहासिक र तुलनात्मक विश्लेषण गरिएको छ । अध्ययनले लामो समयदेखि नेपाली कर्मचारीतन्त्रमा खस–आर्य समुदायको वर्चस्व रहेको देखाउँछ । आरक्षण व्यवस्थापछि मगर समुदायको निजामती सेवामा सहभागिता बढे पनि पुरुषको तुलनामा मगर महिलाको प्रतिनिधित्व अत्यन्त न्यून रहेको पाइन्छ । उपलब्ध तथ्याङ्कअनुसार निजामती सेवामा मगर अधिकृतमध्ये करिब १३.९५% मात्र महिला र ८६.५५% पुरुष रहेका छन् । यसले समग्र राज्य संयन्त्रमा मात्र नभई मगर समुदायभित्र पनि लैङ्गिक असमानता कायम रहेको स्पष्ट गर्छ । समावेशी राज्य निर्माणका लागि जातीय प्रतिनिधित्वसँगै मगर महिलाको समान पहुँच, सहभागिता र अवसर सुनिश्चित गर्ने थप नीतिगत तथा संस्थागत पहल आवश्यक देखिन्छ ।
, , ,
Downloads
Published
Issue
Section
License
Copyright (c) 2026 The Author(s)

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.