झोरा: बाह्रमगरातको लोपोन्मुख पर्वसङ्गीत

Authors

  • Gobind Acharya Professor, Central Department of Nepali, Tribhuvan University

Keywords:

झोरा, ढुट, बाह्रमगरात, मगर

Abstract

नेपाल बहुजाति, बहुभाषी र बहुसांस्कृतिक देश हो । नेपालमा बसोबास गर्ने जातिहरूका माझ मगर जातिको मौलिक पहिचान छ । मगर जातिलाई बसोबास स्थान र भाषाका दृष्टिले तीन समुदायमा राखी अध्ययन गरिन्छ । मगर जातिको आफ्नै भाषा र संस्कृति छन् । ‘झोरा’ नेपालका विशेष गरी बाह्रमगरातमा बसोबास गर्ने मगर जातिमा प्रचलित तीज चाडमा गाइने सामग्री हो । मगर जातिमा धेरै प्रकारका चाडपर्वहरू मनाइन्छन् । यस सन्दर्भमा ‘तीज’ पनि मगर जातिमा मनाइने चाड हो । ‘तीज’ सामान्यतया शिव परिवारको उपासना गरिने धार्मिक चाड हो । मगर जातिमा तीजलाई धार्मिक चाडका रूपमा मनाउने चलन नभए पनि चेली–माइती मिलन, खानपिन र नाचगान गरेर मनोरञ्जनात्मक अवसरका रूपमा मनाउने प्रचलन छ । ‘झोरा’ गुरूपरम्परामा आधारित गीतिनाट्य गाथाका रूपमा परम्परित थियो । तर, वर्तमानमा ‘झोरा’ लोपोन्मुख अवस्थामा पुगेको छ । झोरामा संरचना, विषयवस्तु र सङ्गीत पक्षमा विविधता पाइन्छ । ‘झोरा’ गीतमा प्रायः प्रकृति चित्रण, शृङ्गार प्रसाधन र जीवनका सुखःदुख आदि विषयवस्तुका रूपमा आउँछन् । यो मगर जातिका महिलाहरूले सामूहिक रूपमा गाइने नृत्यगीत हो । महिलाहरूले प्रस्तुत गर्ने र महिलाकै सिर्जना भएकोले यसलाई नारीलोककाव्य भन्न सकिन्छ । यस आलेखमा स्थलगत अध्ययन र पुस्तकालयीय अध्ययनबाट सङ्कलित झोरा गीतहरूका नमुना प्रस्तुत गर्नुका साथै तिनै गीतहरूका आधारमा विषयवस्तुबको विश्लेषण गरिएको छ ।

Abstract
21
pdf
15

Downloads

Published

2026-10-07

Issue

Section

Research Articles

How to Cite

Acharya, G. (2026). झोरा: बाह्रमगरातको लोपोन्मुख पर्वसङ्गीत. Shodhmala शोधमाला, 12(1), 19–24. https://doi.org/10.3126/shodhmala.v12i1.100371