जनजातीय पहिचानको आलोकमा ‘मगर’ कविताको अध्ययन
Keywords:
आस्तित्विक चेत, पुर्ख्यौली थलो, जनजातीयता, मौखिक इतिहास, साझा मूल्यमान्यताAbstract
प्रस्तुत अनुसन्धानमूलक लेख जनजातीय पहिचानको आलोकमा ‘मगर’ कविताको अध्ययन विषयमा केन्द्रित छ । जनजातीय पहिचान सांस्कृतिक अध्ययनसँग सम्बन्धित महत्वपूर्ण विषय हो । स्वपहिचान, मातृभाषा, मौलिक संस्कार–संस्कृति, लिखित तथा अलिखित इतिहास, सामूहिक जीवनपद्धति र साझा मूल्यमान्यताले जनजातीय पहिचान निर्माण गर्दछ । सत्ताशक्ति विमर्शका दृष्टिले प्रभुत्वशाली संरचनाबाट पछाडि पारिएका, अधीनस्थ तथा सीमान्तीकृत समुदायले आफ्नो जातीय र सामुदायिक पहिचानको खोजी गर्ने गर्दछन् । प्रस्तुत अध्ययनमा सोद्देश्य नमुना छनोट विधि अवलम्बन गरी पुस्तकालयीय स्रोतबाट प्राथमिक तथा द्वितीयक सामग्री सङ्कलन गरिएको छ । सांस्कृतिक अध्ययनअन्तर्गत जनजातीयता र पहिचानलाई सैद्धान्तिक पर्याधारका रूपमा ग्रहण गरी ‘मगर’ कविताको विश्लेषण गरिएको छ । कवितामा मगर जातिको ऐतिहासिकता, पुख्र्यौली थलो, मातृभाषा, संस्कार–संस्कृति तथा सामूहिक पहिचानका विविध पक्ष प्रस्तुत भएका छन् । नेपालको जनसाङ्ख्यिक संरचनामा मगर समुदायको उल्लेख्य उपस्थिति रहे पनि सत्ताशक्ति विमर्शमा यसको सीमान्तीकृत अवस्थालाई कविताले उजागर गरेको देखिन्छ । कवि सञ्जोग लाफा मगरले जातीय इतिहास र सांस्कृतिक स्मृतिका माध्यमबाट मगर जनजातीय पहिचानको खोजी तथा पुनस्र्थापनाको प्रयास गरेका छन् । यसर्थ, राष्ट्रिय परिदृश्यमा मगरको जनजातीय पहिचानलाई सबलीकरण गर्नु कविताको प्रमुख अन्तर्निहित उद्देश्य रहेको निष्कर्ष निकालिएको छ ।
Downloads
Published
Issue
Section
License
Copyright (c) 2026 The Author(s)

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.