तनहुँको स्थानीय प्रशासनको इतिहास (वि.सं. १८३९–१९०३) {History of Local Administration in Tanahun (1839-1903)}
DOI:
https://doi.org/10.3126/ss.v6i1.63110Keywords:
अमानत, मौजा, थुम, इजारा, सिर्तो, Amanat, Mauja, Thum, IjaraAbstract
उत्तर मध्यकालमा नेपालमा साना ठूला गरी करिब ५२ ओटा राज्यहरु अस्तित्वमा थिए । यी राज्यहरु गण्डकी प्रदेशमा चौबिस वटा, कर्णाली प्रदेशमा बाइस वटा, पूर्वमा सेनहरुका तीन ओटा र उपत्यकामा मल्लहरुको तीनओटा राज्यहरु थिए । गण्डकी प्रश्रवण क्षेत्रमा पर्ने भए पनि गोरखा राज्य चौबिसी राज्यअन्तर्गत पर्दैनथ्यो । यही गोरखा राज्यको राजा पृथ्वीनारायण शाहले आरम्भ गरेको नेपाल बिजयी अभियान उनकोसन्नतीहरुले पूरा गरी सिंगो राष्ट्र नेपाल निर्माण गरे । तनहुँ राज्य वि.सं. १८३९ कार्तिकमा नेपाल अधिराज्यमा एकीकरण भएको हो । तनहुँ राज्यको कमजोर प्रशासनिक व्यवस्था, मजबुत सैनिक संगठनको अभाव, राज्य संकटमा परेको समयमा जनसहभागिता जुट्न नसक्नुर तनहुँका राजाहरुले गोरखा राज्यको बढ्दो शक्ति र कुटनीतिक क्षमता चिन्न र बुभ्mन नसक्नु तनहुँ राज्य पतन हुनाका प्रमुख कारणहरु हुन् । राज्य नरहेपछि तनहुँको प्रशासन सिधै केन्द्रबाट संचालन हुन थाल्यो । स्थानीय प्रशासनिक पदाधिकारी अर्थात् तालुकदारका रुपमा सेन राजाकै भारदारहरुलाई नियुक्त गरिएको पाइन्छ । यस्ता तालुकदारहरु अमाली, जिम्मावाल, मुखिया, जेठाबुढा, थरी, द्वारे आदि थिए । सेन राज्यको पतन पछि तनहुँको प्रशासनिक अवस्थासम्बन्धी विषयवस्तुहरुलाई उजागर गर्ने उद्देश्यले प्रस्तुत लेख तयार पारिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.