कार्यमूलक अनुसन्धानः प्रक्रिया र शैक्षणिक प्रयोग
DOI:
https://doi.org/10.3126/shaheedsmriti.v13i10.76824Keywords:
कार्यमूलक अनुसन्धान, गुणात्मक अनुसन्धान, अध्ययनको पृष्ठभूमि, प्रतिबिम्बात्मक अनुभूति, प्रणालीबद्ध खोजAbstract
प्रस्तुत लेख कार्यमूलक अनुसन्धान, यसको प्रक्रिया र शैक्षिक प्रयोगसँग सम्बन्धित रहेको छ । अनुसन्धानका विविध विधि पद्धतिहरुमध्ये कार्यमूलक अनुसन्धान तत्कालीन समस्या, यसको कारण र निराकरणका लागि अत्यन्तै प्रभावकारी अनुसन्धान विधि हो । कुनै कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा कार्यक्रमका समस्या पहिल्याई कार्यक्रममा सुधार, नवीनता र प्रभावकारिता ल्याउन कार्यक्रममा संलग्न व्यक्तिबाटै गरिने अनुसन्धान कार्यमूलक अनुसन्धान हो । यसमा कार्यका आधारमा समस्या पहिचान र समाधान गरिने हुनाले यो सैद्धान्तिक नभएर प्रायोगिक प्रकृतिको हुन्छ । कार्यमूलक अनुसन्धानमा कार्य र अनुसन्धान दुबै एउटै व्यक्तिद्वारा सम्पन्न गरिन्छ । कार्यमूलक अनुसन्धानको प्रयोग प्रयोजन तत्कालीन समस्याका उपायहरु पत्ता लगाई कार्य वा कार्यक्रममा प्रभावकारिता ल्याउनु हो । कार्यमूलक अनुसन्धानमा योजना, तर्जुमा, अवलोकन र प्रतिबिम्बन जस्ता चरणहरुको दोहो¥याएर चक्र पूरा गरी अनुसन्धान गरिन्छ । सुरूबात, प्रारम्भिक खोज, समस्याको पहिचान, तथ्याङ्क सङ्कलन तथ्याङ्कको अध्ययन विश्लेषण, कार्यान्वयन मूल्याङ्कन र अनुभूति गर्नु कार्यमूलकका अनुसन्धान पूरा गर्दा गरिने प्रक्रिया हुन् । यसै सन्दर्भमा कार्यमूलक अनुसन्धानको पहिचान गराउँदै यसका विशेषता, अनुसन्धानका चरण र प्रक्रिया तथा यसको प्रयोग क्षेत्रको जानकारी गराउनु प्रस्तुत लेखको उद्देश्य रहेको छ । कार्यमूलक अनुसन्धानको प्रयोग विविध कार्यक्षेत्रमा गर्न सकिन्छ तापनि शिक्षणका सन्दर्भमा कक्षा कोठाका तत्कालीन समस्याको पहिचान र निराकरणमा विशेष रुपमा कार्यमूलक अनुसन्धानको प्रयोग तथा उपयोग गर्न सकिन्छ । यसको तयारीका क्रममा गुणात्मक अनुसन्धान ढाँचाको प्रयोग गरिएको छ । यसमा प्रयोग गरिएका सामग्रीहरु द्वितीयक स्रोतबाट लिइएको छ । तयारीका क्रममा सामग्रीहरुलाई पुस्तकालय अध्ययनका माध्यमबाट सङ्कलन गरिएको छ । प्रस्तुत अध्ययनबाट यस सम्बद्ध सरोकारवालाहरुलाई अपेक्षित सहयोग मिल्ने देखिन्छ तापनि विशेष गरी शिक्षण क्षेत्रमा कार्यरत शिक्षकहरुलाई विशेष लाभदायक हुने विश्वास गरिएको छ ।