प्रायोगिक भाषाविज्ञानको उपयोगिता

Authors

  • Keshab Bhusal Shaheed Smriti Multiple Campus, Chitwan, Nepal.

Keywords:

प्रायोगिक भाषाविज्ञान, प्रायोगिक भाषाविज्ञानको उपयोगिता, प्रायोगिक भाषाविज्ञानको शैक्षणिक उपयोगिता, प्रायोगिक भाषाविज्ञानको शिक्षणेतर उपयोगिता

Abstract

प्रस्तुत लेख प्रायोगिक भाषाविज्ञानमा आधारित रहेको छ । यसमा प्रायोगिक भाषाविज्ञानको उपयोगिताबारे अध्ययन गरिएको छ । प्रायोगिक भाषाविज्ञानको उपयोगिता प्रस्तुत गर्नु यस अध्ययनको मुख्य उद्देश्यका रुपमा रहेको छ भने प्रायोगिक भाषाविज्ञानका शिक्षणीय र शिक्षणेतर उपयोगिता प्रस्तुत गर्नु यस अध्ययनका विशिष्ट उद्देश्यका रुपमा रहेका छन् । प्रस्तुत अध्ययन गुणात्मक अध्ययन विधिमा आधारित रहेको छ । यस अध्ययनमा ऐतिहासिक अध्ययन पद्धतिको प्रयोग गरिएको छ । यसमा पुस्तकालयीय कार्यका माध्यमबाट अङ्ग्रेजी र नेपाली सैद्धान्तिक सामग्रीहरुको सङ्कलन गरिएको छ । त्यसरी सङ्कलन गरिएका सामग्रीहरु मूलतः द्वितीयक स्रोतका सामग्रीहरु रहेका छन् । यस अध्ययनबाट प्राप्त तथ्यलाई विभिन्न उपशीर्षकहरुमा विभक्त गरी व्याख्या विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययनका आधारमा प्रायोगिक भाषाविज्ञान भाषा प्रयोगका समस्त क्षेत्रका लागि उपयोगी रहेको देखिन्छ । सिकाइ शिक्षणमा सहयोग पु¥याउन, सिकाइ शिक्षणका समस्या समाधान गर्न, समालोचनात्मक अध्ययन गर्न, भाषाको व्याख्यात्मक अध्ययन गर्न, भाषिक मूल्याङ्कनलाई प्रभावकारी बनाउन सघाउने हुनाले प्रायोगिक भाषाविज्ञान शैक्षणिक दृष्टिले उपयोगी रहेको छ । यसअतिरिक्त प्रायोगिक भाषाविज्ञानले सङ्कथन विश्लेषण, शैलीविज्ञान, कोशविज्ञान, अनुवादविज्ञान, प्रकरणार्थ भाषाविज्ञान, सामाजिक भाषाविज्ञान, मनोभाषाविज्ञान, स्नायुविज्ञान, मानवशास्त्रीय भाषाविज्ञान, जातिभाषिक अध्ययन, प्रतीकविज्ञान, भाषिकाविज्ञान, गणितीय भाषाविज्ञान, अर्थशास्त्रीय भाषाविज्ञान, कर्पस भाषाविज्ञान, सूचना तथा सञ्चार विज्ञान, भाषा योजना, बोली उपचारलगायतका क्षेत्रमा सघाउ पु¥याउने भएकाले यसको शिक्षणेतर उपयोगिता पनि रहेको छ । यस अध्ययनबाट प्रायोगिक भाषाविज्ञानका क्षेत्रमा क्रियाशील तथा यस क्षेत्रमा रूचिकर जोकोहीका लागि पनि आवश्यक सहयोग उपलब्ध हुने अपेक्षा गरिएको छ ।

Abstract
171
PDF
0

Downloads

Published

2024-12-31

How to Cite

प्रायोगिक भाषाविज्ञानको उपयोगिता. (2024). Shaheed Smriti Journal, 13(10), 162-173. https://doi.org/10.3126/shaheedsmriti.v13i10.76822

Issue

Section

Articles

How to Cite

प्रायोगिक भाषाविज्ञानको उपयोगिता. (2024). Shaheed Smriti Journal, 13(10), 162-173. https://doi.org/10.3126/shaheedsmriti.v13i10.76822