कोइरालाको ‘सान्नानी’ कथाको प्रजातिपरक अध्ययन
DOI:
https://doi.org/10.3126/shaheedsmriti.v13i10.76820Keywords:
साहित्यको समाजशास्त्र, प्रजाति, प्रजातिपरक पहिचान, आनुवंशिक स्वभाव, प्रजातिपरक प्रभावAbstract
यस लेखमा कथाकार विश्वेरप्रसाद कोइरालाको ‘सान्नानी’ कथालाई टेनको प्रजातिपरक मान्यताका आडमा अध्ययन र विश्लेषण गरिएको छ । साहित्यका समाजशास्त्री टेन प्रसिद्ध समाजशास्त्री हुन् उनका प्रजाति, क्षण र परिवेश सम्बन्धी मान्यता साहित्यभित्रको समाज खोजी गर्नका लागि स्थापित मान्यता बनिसकेका छन् । टेनको प्रजातिपरक मान्यताका सीमामा रही कोइरालाको ‘सान्नानी’ कथाको अध्ययन र विश्लेषण गरिएको यस लेखमा सैद्धान्तिक आधार र सामग्री संकलनका लागि पहिलो र दोस्रो पद्धति अँगालिएको छ भने व्याख्यात्मक विधिबाट विश्लेषण गरिएको छ । यस क्रममा सर्वप्रथम टेनको समाजशास्त्रीय अध्ययनका आधार प्रजातिको सैद्धान्तिक चर्चा गरिएको छ भने त्यसपछि तिनै सैद्धान्तिक मान्यताका आडमा कोइरालाको ‘सान्नानी’ कथाको प्रजातिपरक विश्लेषण गरिएको छ । प्रस्तुत आलेखमा प्र्रजातिगत विश्लेषणका आधार मानिने प्रजातिपरक पहिचान, प्रजातिपरक आनुवंशिक स्वभाव र प्रजातिपरक प्रभाव उपशीर्षक बनाएर कोइरालाका ‘सान्नानी’ कथाको विश्लेषण गरिएको छ । प्रस्तुत कथाको विश्लेषणबाट कुनै प्रजाति देश, काल र परिस्थतिका कारणले स्थानान्तरण भएर बस्नुपर्ने र त्यहाँको माटो, हावा, पानी सँगै बदलिदै जानुपर्ने परिस्थिति रहे पनि उनीहरुको प्रजातिगत पहिचान हुने, आनुवंशिक स्वभाव पनि विद्यमान नै रहने र सामाजिक व्यवस्थामा एक अर्काबाट प्रभावित भएर रहने निष्कर्ष समेत निकालिएको छ । साहित्यको समाजशास्त्रीय मान्यताका कसीमा कोइरालाको कथाको विश्लेषण गर्न चाहने जो कसैलाई यो आलेख उपयोगी बन्न सक्ने अपेक्षा गरिएको छ ।