आधुनिक नेपाली उपन्यासको नवीन चरण {New Phase of Modern Nepali Novel}

Authors

  • जीवन Jeevan श्रेष्ठ Shrestha Patan Multiple Campus, TU पाटन संयुक्त क्याम्पस, त्रिभुवन विश्वविद्यालय

DOI:

https://doi.org/10.3126/scholars.v4i1.42559

Keywords:

चरण विभाजन, Contemporaryism, modernity, postmodernism, epistemology, phase division, उत्तरआधुनिकतावाद, अधिआख्यान, समसामयिकता, आधुनिकता

Abstract

आधुनिक नेपाली उपन्यासको व्यवस्थित अध्ययनका निम्ति यसलाई विभिन्न चरणमा विभाजन गरी अध्ययन गरिएको छ ।ती चरण विभाजनहरूमा २०३६ सालपछिका उपन्यासहरूलाई समसामयिक प्रवृत्तिका रूपमा एउटै चरणमा राखेर चर्चागरिएका छन् । यद्यपि उत्तरवर्ती समयका उपन्यासहरूको अध्ययनले पछिल्लो समयका उपन्यासहरूमा परम्पराभन्दाभिन्न उत्तरआधुनिकतावादी प्रवृत्तिहरूको प्रयोग नेपाली उपन्यासमा व्यापक रूपमा हुन थालेको पुष्टि गर्छ । उत्तरआधुनिकतावाद विविध प्रवृत्तिहरूको सामूहिक संज्ञा भएकाले यसको व्यापक घेराभित्र विविध प्रवृत्तिका उपन्यासहरू उल्लेख्यमात्रामा सिर्जना भएका छन् । तिनलाई समसामयिकता जस्तो निश्चित समयकबोधक शब्दले समेट्न सक्दैन । साथैसमसामयिकता कुनै सिद्धान्तनिष्ट प्रवृत्ति पनि होइन । त्यसैले पछिल्लो समयका नेपाली उपन्यासहरूको व्यापक अध्ययन रविश्लेषणका माध्यमबाट यसका विशिष्ट प्रवृत्तिहरुको पहिचान गरी तिनको आरम्भ बिन्दु पहिल्याउनु नेपाली उपन्याससमालोचनाका लागि वाञ्छनीय कार्य हो । यसका लागि प्रस्तुत अनुसन्धानमा उत्तरवर्ती नेपाली उपन्यासहरूमा के–कस्तानवीन प्रवृत्तिहरू देखापरेका छन् र तिनका आधारमा आधुनिक नेपाली उपन्यासलाई के–कसरी चरण विभाजन गर्न सकिन्छभन्ने समस्याका समाधानमा केन्द्रित भएर यो अध्ययन गरिएको छ । यस क्रममा आधुनिक नेपाली उपन्यासको चरणविभाजनका सन्दर्भ एवम् उत्तरवर्ती उपन्यासहरूका सन्दर्भमा गरिएका पूर्वअध्ययनहरू र नवीन प्रवृत्तियुक्त उपन्यासहरूकोपठन गरी तिनको विश्लेषणका आधारमा माथि प्रस्तुत समस्याको समाधान गरिएको छ । यसरी गरिएको अनुसन्धानबाटध्रुवचन्द्र गौतम र धु्रव सापकोटाको “ज्यागा’’ उपन्यासदेखि नेपाली उपन्यासमा पूर्णतः उत्तरआधुनिकतावादी चरण सुरुभएको पुष्टि गर्दछ र त्यसपछि उत्तरआधुनिकतावादी विविध प्रवृत्तियुक्त उपन्यासहरूको लेखन गुणात्मक र परिमाणात्मकदुबै रूपमा यथेष्ट उपन्यासहरू प्रकाशित भएकाले वि. सं. २०५० सालपछि आधुनिक नेपाली उपन्यासमा नयाँ चरणआरम्भ भएको निष्कर्ष निकालिएको छ । {For the systematic study of modern Nepali novels, it has been studied by dividing it into different phases. However, the study of the novels of later times confirms that the use of postmodernist tendencies in Nepali novels, which are different from the traditional ones, has become widespread in recent times. Since postmodernism is a collective term for a variety of trends, a wide range of novels have been created within its wide range. He cannot be summed up by a definite temporal word like contemporaneity. Also, contemporaneity is not a doctrinal tendency. Therefore, it is desirable for the critique of Nepali novels to identify its specific trends through a comprehensive study and analysis of recent Nepali novels and to start its starting point. This study focuses on the solution of the problem of how the modern Nepali novel can be divided into phases based on the present-day trends in the later Nepali novels in the present research. In this process, the above problem has been solved on the basis of his analysis of the pre-studies done in the context of the phase division of modern Nepali novels and later novels and by reading the novels with new trends. Such research confirms the beginning of a completely postmodernist phase in Nepali fiction from Dhruvchandra Gautam and Dhruv Sapkota's novel "Jaga" and then the writing of postmodernist diverse novels has been published both qualitatively and quantitatively. No. It has been concluded that a new phase has started in modern Nepali novels after 2050 BS.}

Downloads

Download data is not yet available.
Abstract
693
PDF
113

Downloads

Published

2021-12-31

How to Cite

श्रेष्ठ Shrestha ज. J. (2021). आधुनिक नेपाली उपन्यासको नवीन चरण {New Phase of Modern Nepali Novel}. Scholars’ Journal, 4(1), 269–282. https://doi.org/10.3126/scholars.v4i1.42559

Issue

Section

Articles