भाषा शिक्षकको पेसागत विकास, संलग्न संस्थाहरू र तिनको भूमिका Bhasha Shikshakko Peshagat Bikas, Samlagna sansthaharu ra Tinko Bhumika

Authors

  • पुष्पादेवी Pushpadevi भण्डारी Bhandari त्रिभुवन विश्वविद्यालय Tribhuvan University

DOI:

https://doi.org/10.3126/scholars.v3i0.37297

Keywords:

भाषा शिक्षक Bhasha shikshak, Peshagat bikas, abadharana, sansthaharu, adhyavadik, talim

Abstract

प्रस्तुत लेख भाषा शिक्षकको पेसागत विकास भन्ने शीर्षकमा केन्द्रित रहेको छ । उक्त शीर्षकमा केन्द्रित भएर लेख तयार पर्ने क्रममा लेखसँग सम्बन्धित विभिन्न पुस्तकहरूको अध्ययन गरिनुका साथै वर्णनात्मक विधिको प्रयोग गरी गुणात्मक ढाँचामा अध्ययन विश्लेषण गरिएको छ । पेसाको बारेमा सामान्य जानकारी गराउँदै त्यसको उद्देश्यको बारेमा उल्लेख गरिएको छ । यहाँ पेसा भन्नाले मान्छेले जीवन यापनको लागि अवलम्बन गर्ने मुख्यकाम भन्ने बुझिन्छ । मान्छेले जीवन यापन गर्न अपनाउने विविध पेसा मध्ये शिक्षण पेसा पनि एक हो । कुनै पनि विषयवस्तुको गहन अध्ययन र विश्लेषण पश्चात नै त्यस बारेमा आफ्ना धारणाहरू अभिव्यक्त गर्न सकिन्छ । यसरी आफूले जानेका कुरा अरुलाई सिकाउनु नै शिक्षण हो । शिक्षण पेसाका लागि पेसागत दक्षता आवश्यक पर्दछ । किनकि यो पेसा अरु भन्दा अलि फरक स्वभाव र फरक प्रकृतिको हुन्छ । शिक्षण कार्य भनेको शिक्षा आदानप्रदान गर्ने प्राज्ञिक स्वरूपको पेसा भएकाले विशेष दक्षता र सिपको आवश्यकता पर्दछ । यस लेखमा भाषा शिक्षकको विकासका आधारहरू पहिल्याउनु र भाषा शिक्षकका पेसागत विकासमा देखिएका समस्या र समाधानका उपायहरूको बारेमा पनि सामान्य चर्चा गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
82
PDF
451

Author Biography

पुष्पादेवी Pushpadevi भण्डारी Bhandari, त्रिभुवन विश्वविद्यालय Tribhuvan University

पीएच.डी.स्कलर PhD Scholar

Downloads

Published

2021-05-28

How to Cite

भण्डारी Bhandari प. P. (2021). भाषा शिक्षकको पेसागत विकास, संलग्न संस्थाहरू र तिनको भूमिका Bhasha Shikshakko Peshagat Bikas, Samlagna sansthaharu ra Tinko Bhumika. Scholars’ Journal, 3, 203–219. https://doi.org/10.3126/scholars.v3i0.37297

Issue

Section

Articles