पूर्वीय अर्थ चिन्तन र नेपाली भाषा शिक्षण Purviya Artha Chintan ra Nepali Bhasha Shikshan
DOI:
https://doi.org/10.3126/scholars.v3i0.37296Keywords:
अव्याकृत वाणी Abyakrit bani, बुद्धिस्थ अवस्था buddhist awasta, शब्दब्रह्म shabdanramha, तात्पर्य ज्ञान tatparya gyan, भ्रमात्मक ज्ञान bhramatmak gyanAbstract
प्रस्तुत आलेख पूर्वीय अर्थ चिन्तन र नेपाली भाषा शिक्षण शीर्षकमा केन्द्रित रहेको छ । पूर्वीय अर्थ चिन्तनको प्रारम्भ कसरी भयो ? कुन कुन पक्षहरूले पूर्वीय अर्थ चिन्तनलाई समृद्ध तुल्याएका छन् ? ती चिन्तनहरूका मुख्य मान्यताहरू के के हुन् ? यसको चिन्तन परम्परा कसरी विकास भएको छ ?जस्ता प्राज्ञिक जिज्ञासाहरूको समाधानमा यस आलेखको औचित्यता प्रकट भएको छ । प्रस्तुत आलेखकोउद्देश्य परिपूर्ति गर्नका लागि गुणात्मक अनुसन्धान विधिको अवलम्बन गरिएको छ । सामग्री सङ्कलन गर्न द्वितीयक स्रोतअन्तर्गत पुस्तकालय कार्यबाट यस अध्ययनसँग सम्बन्धित पूर्ववर्ती विद्वान्हरूले अध्ययन विश्लेषण गरेका सामग्रीहरूको उपयोग गरिएको छ । संस्कृत परम्परामा शब्दार्थ सम्बन्धकाबारेमा भए गरेका दार्शनिक चिन्तनहरू वर्तमान भाषिक चिन्तनमा पनि उपयोगी रहेको र यसले नेपाली भाषा शिक्षणमा सकारात्मक प्रभाव पारेको निष्कर्ष यस आलेखको रहेको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright © The Authors