लिपि विकासका सन्दर्भमा देवनागरी लिपिका समस्याहरू

Authors

  • गोपालबहादुर Gopal Bahadur श्रेष्ठ Shrestha शिक्षाशास्त्र केन्द्रीय विभाग, त्रि.वि., कीर्तिपुर

Keywords:

चित्रलिपि, भावलिपि, लिपिशास्त्री, संकेत लिपि, वर्णनात्मक लिपि

Abstract

प्रस्तुत लेखमा लिपिको विकासक्रम, लिपिका प्रकार र देवनागरी लिपिको टङ्कणमा देखिएका समस्याहरूको सटिक रूपमा चर्चा गरिएको छ । लिपिको परिचय, विकास, प्रकार र देवनागरी लिपिको समीक्षा गर्नु यस लेखको मुख्य उद्देश्य रहेको छ । लिपिलाई मुख्य सैद्धान्तिक अवधारणा बनाई गुणात्मक ढाँचाको उपयोग गरेर यो लेख तयार पारिएको छ । विश्वका केही प्रचलित लिपिको समीक्षाबाट चित्रलिपि, सङ्केतात्मक लिपि हुँदै भावात्मक लिपिको वर्णात्मक लेखनको चरणबाट आधुनिक लिपिको विकास भएको निष्कर्ष निकालिएको छ । ब्राह्मी लिपिको उत्तरी र दक्षिणी गरी दुई शाखामध्ये उत्तरी शाखाबाट देवनागरी लिपिको विकास भएको हो । आधुनिक नेपाली भाषाको विकासमा देवनागरी लिपिको महत्वपूर्ण स्थान रहेको छ । देवनागरी लिपिको टङ्कणमा देखिएका समस्या न्यूनीकरण गर्दै अगाडि बढेमा यस लिपिले विज्ञान र प्रविधिको आधुनिक विकासलाई सम्बोधन गर्दै विकसित हुने कुराको निक्र्यौल गरिएको छ । सामग्री सङ्कलनमा द्वितीयक स्रोतका सामग्रीको उपयोग गर्दै पुस्तकालयको प्रयोग गरी विभिन्न सन्दर्भ पुस्तक, जर्नल, शोधपत्र, अनुसन्धानमूलक लेख, पत्रपत्रिका आदिको उपयोग गरी वर्णनात्मक, विश्लेषणात्मक रूपमा विश्लेष्य विषयको निष्कर्षमा पुगिने विशुद्ध गुणात्मक विधिको उपयोग गरिएको छ । लिपिको बारेमा जिज्ञासा भएका जिज्ञासु, अनुसन्धाता, विद्यार्थी, पाठक वर्गलाई प्रस्तुत लेखले महत्वपूर्ण बौद्धिक खुराक दिने कुराको विश्वास लिन सकिन्छ ।  

Abstract
125
PDF
0

Author Biography

गोपालबहादुर Gopal Bahadur श्रेष्ठ Shrestha, शिक्षाशास्त्र केन्द्रीय विभाग, त्रि.वि., कीर्तिपुर

उप प्रा. नेपाली शिक्षा 

Downloads

Published

2024-12-31

How to Cite

लिपि विकासका सन्दर्भमा देवनागरी लिपिका समस्याहरू . (2024). Sampreshan सम्प्रेषण, 8(1), 81-88. https://doi.org/10.3126/sampreshan.v8i1.75228

Issue

Section

Articles

How to Cite

लिपि विकासका सन्दर्भमा देवनागरी लिपिका समस्याहरू . (2024). Sampreshan सम्प्रेषण, 8(1), 81-88. https://doi.org/10.3126/sampreshan.v8i1.75228