कक्षाकोठा व्यवस्थापनमा भाषा शिक्षकको अनुभव
DOI:
https://doi.org/10.3126/sampreshan.v8i1.75226Keywords:
अनुभव, कक्षाकोठा, मनोवैज्ञानिक, मातृभाषा, भौतिक, व्यवस्थापनAbstract
भाषा सिकाइको मुख्य उद्देश्य विद्यार्थीलाई भाषिक सिपमा सक्षम बनाउनु हो । उक्त उद्देश्य परिपूर्तिका लागि प्रभावकारी शिक्षण आवश्यक छ । प्रभावकारी शिक्षणको आधार कक्षाकोठा हो । कक्षाकोठामा पस्नासाथ विद्यार्थीमा उत्साह प्रदान हुनुपर्छ । प्रस्तुत अध्ययन कक्षाकोठा व्यवस्थापनमा भाषा शिक्षकको अनुभव पहिचानमा केन्द्रित छ । गुणात्मक ढाँचालाई अवलम्बन गरी लेख तयार पारिएको छ । यस अध्ययनका लागि रौतहट जिल्लाको गुजरा नगरपालिकाभित्रका माध्यमिक विद्यालयलाई अध्ययन क्षेत्र मानिएको छ । उक्त पालिकाभित्रका माध्यमिक तहमा नेपाली विषय शिक्षण गर्ने चार जना शिक्षकसँग अन्तर्वार्ता लिई उनीहरूको अनुभव सङ्कलन गरिएको छ । शिक्षकले दिएका अनुभवलाई रेकर्ड गरी त्यसलाई लेख्य स्वरूपमा परिवर्तन गरिएको छ । त्यसपछि उनीहरूको भनाइमा रहेको मुख्य विचार (थिम) लाई आधार मानी अध्ययन गरिएको छ । शिक्षकले कक्षाकोठा व्यवस्थापनका लागि भौतिक व्यवस्थापन, योजना निर्माण र सोअनुकूलको शिक्षण, बसाइ व्यवस्थापन, कक्षाकोठाभित्रको सङ्गठन, समयको व्यवस्थापन, शिक्षण विधिको व्यवस्थापन, शिक्षकको पेसागत ज्ञान र व्यवस्थापन, मनोवैज्ञानिक व्यवस्थापन आदिमा जोड दिनुपर्ने मत राखेको पाइएको छ । प्रस्तुत अध्ययनबाट प्राप्त तथ्यलाई पूर्णतः सामान्यीकरण गर्न सकिँदैन, तथापि कक्षाकोठा व्यवस्थापनको आधारभूत पक्ष पहिचानार्थ सहयोग पुग्ने देखिन्छ । यस लेखको प्राप्तिले भाषा शिक्षणमा संलग्न व्यक्ति र सो पक्षसँग सम्बन्धित नीति निर्माता र अनुगमनकर्तालाई सहयोग पु¥याउने छ ।