आधारभूत तहका नेपाली पाठ्यक्रममा विषयवस्तु र विधागत विविधता

Authors

  • शिवप्रसाद Shiva Prasad तिमल्सेना Timalsena शिक्षाशास्त्र केन्द्रीय विभाग, त्रि.वि., कीर्तिपुर

Keywords:

भाषा शिक्षण, विविधता, बिषयवस्तु

Abstract

प्रस्तुत लेख आधारभूत तह (कक्षा ४–८) का नेपाली भाषा पाठ्यव्रmममा विषयवस्तु र विधागत विविधताको अध्ययन गर्ने उद्देश्यले तयार पारिएको छ । गुणात्मक ढाँचामा आधारित यस अध्ययनका लागि सामग्री सङ्कलन पुस्तकालयीय पद्धतिबाट गरिएको छ । अध्ययनमा मूलतः प्राथमिक स्रोतका रूपमा आधारभूत शिक्षा पाठ्यक्रम, २०७८ (कक्षा ४ र ५) र आधारभूत शिक्षा  (कक्षा ६–८) पाठ्यक्रम (२०७७) अन्तर्गत नेपाली पाठ्यक्रममा समाविष्ट विषयवस्तु र विधालाई लिइएको छ भने सैद्धान्तिक पुस्तक, लेख तथा शोधकार्यहरू आदि द्वितीयक स्रोतको उपयोग गरिएको छ । लेखकद्वारा गरिएका दाबी पुष्टि गर्न पूर्ववर्ती अध्येतासँग संवाद गर्दै तथ्यका आधारमा निष्कर्षमा पुगिएको छ । अध्ययनबाट यस तहका पाठ्यक्रममा नीति, लोक, शिक्षा, घरायसी, खेलकुद, समाज, कृषि, पुराण, गीति, इतिहास, प्रकृति, बालमनोविज्ञान, देशप्रेम, सञ्चार, निवेदन, कला/संस्कृति, स्वास्थ्य, वन/पर्यावरण, कला संस्कृति, निजात्मक, अन्तर्राष्ट्र, योग, सम्मान पत्र, श्रम, व्यावसायिक चिठी, वाणिज्य र सम्पादकलाई चिठी आदि विविध विषयवस्तु निर्धारण गरिएको छ । यी पाठ्यक्रममा विषयवस्तुगत विविधता कायम गर्न खोजिए पनि व्यावहारिक लेखन विधाका पाठका लागि विषयवस्तु निर्धारण नगरिनु, कतिपय विषयवस्तुहरू धेरैओटा पाठका लागि निर्धारण गरिनु तथा कतिपय विषयवस्तु निर्धारित तहका लागि कठिन हुनु आदि समस्या रहेका देखिन्छन् । त्यस्तै यस तहका पाठ्यव्रmममा कविता, कथा, निबन्ध, चिठी, संवाद, जीवनी, नियात्रा, व्यावहारिक लेखन, संस्मरण, दैनिकी, वादविवाद, प्रबन्ध, वक्तृता, मनोवाद र यात्रा वर्णन आदि विधाहरू निर्धारण गरिएका छन् । विधागत विविधताअन्तर्गत तल्ला कक्षाका पाठ्यव्रmममा नियात्रा, संस्मरण र मनोवाद जस्ता कठिन विधा निर्धारण गरिनु, कथा र कविता विधाको बाहुल्य हुनु, व्यावहारिक लेखन तथा साहित्येतर विधाका पाठहरू कम समेटिनु आदि कमजोरी रहेका देखिन्छन् । अध्ययनबाट देखिएका समस्या र कमजोरीलाई सम्बोधन गर्न सके आधारभूत तहका नेपाली पाठ्यव्रmम विषयवस्तु र विधागत विविधताका दृष्टिले उपयुक्त र प्रभावकारी हुने देखिन्छन् । 

Abstract
207
PDF
55

Author Biography

शिवप्रसाद Shiva Prasad तिमल्सेना Timalsena, शिक्षाशास्त्र केन्द्रीय विभाग, त्रि.वि., कीर्तिपुर

उप प्रा. नेपाली शिक्षा 

Downloads

Published

2024-12-31

Issue

Section

Articles

How to Cite

तिमल्सेना Timalsena श. S. P. (2024). आधारभूत तहका नेपाली पाठ्यक्रममा विषयवस्तु र विधागत विविधता . Sampreshan सम्प्रेषण, 8(1), 61-71. https://doi.org/10.3126/sampreshan.v8i1.75225