स्नातकोत्तर तहको परीक्षण प्रक्रियामा विश्वसनीयता र वैधता

Authors

  • राजेन्द्र Rajendra खनाल Khanal शिक्षाशास्त्र केन्द्रीय विभाग, त्रि.वि., कीर्तिपुर
  • सिद्धिबहादर Siddhi Bahadur महर्जन Maharjan शिक्षाशास्त्र केन्द्रीय विभाग, त्रि.वि., कीर्तिपुर

Keywords:

परीक्षण, परीक्षा प्रणाली, विश्वसनीयता, बैधता, सेमस्टर

Abstract

यस लेखमा त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय स्नातकोत्तर तहको सेमेस्टर प्रणालीमा आधारित परीक्षण प्रक्रियाको विश्वसनीयता तथा वैधताप्रति शिक्षक तथा शिक्षार्थीको दृष्टिकोणलाई प्रस्तुत गरिएको छ । क्षेत्रीय सर्वेक्षण विधिमा आधारित भई मतावलीलाई तथ्य सङ्कलनको साधन बनाइएको यस अध्ययनमा यादृच्छिक नमुना छनोट प्रक्रिया अवलम्बन गरिएको छ । यसमा शिक्षाशास्त्र, स्नातकोत्तर तहमा अध्ययनरत १२० जना शिक्षार्थी तथा उक्त तहमा अध्यापनरत ४० जना शिक्षकलाई नमुनाका रूपमा लिई उनीहरूको अभिमतको विश्लेषण गरिएको छ । सेमेस्टरको परीक्षा प्रणाली विश्वसनीय छ भन्ने कथनमा शिक्षक तथा शिक्षार्थीको समष्टिमा ३८.१ प्रतिशत सकारात्मक, १४.४ प्रतिशत तटस्थ तथा ४७.५ प्रतिशत नकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । यसले परीक्षा प्रणाली विश्वसनीय हुन नसकेको अवस्था उद्घाटन गर्छ । शिक्षक तथा शिक्षार्थीको पृथकीकृत तथ्य हेर्दा ३३.३३ प्रतिशत शिक्षार्थी र ५२.५ प्रतिशत शिक्षकको मात्र सकारात्मक अभिमत प्राप्त भएकाले परीक्षाको विश्वसनीयता कमजोर बन्छ । त्यस्तै, परीक्षाको वैधताका सवालमा प्राप्त प्रतिक्रिया पनि अनपेक्षित देखिन्छ । उक्त कथनमा शिक्षक तथा शिक्षार्थीको समष्टिमा ३९.४ प्रतिशत सकारात्मक, २०.६ प्रतिशत तटस्थ तथा ४० प्रतिशत नकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । शिक्षक तथा शिक्षार्थीको पृथकीकृत तथ्य हेर्दा ३५.८३ प्रतिशत शिक्षार्थी र ५० प्रतिशत शिक्षकको मात्र सकारात्मक अभिमत प्राप्त भएकाले परीक्षाको वैधता पनि कमजोर रहेको पाइन्छ । यस अनुसन्धानमा प्राप्त प्रतिक्रिया हेर्दा सेमेस्टरको परीक्षा प्रणालीमा विश्वसनीयता र वैधता कमजोर रहेको पुष्टि हुन्छ । शिक्षक एवम् शिक्षार्थी दुवै वर्गबाट सेमेस्टरको परीक्षण प्रक्रियामा विश्वसनीयता र वैधताको स्थिति कमजोर रहेको दृष्टिकोण प्राप्त भएकाले परीक्षासँग सम्बद्ध पक्ष सचेत बन्नुपर्ने देखिन्छ ।

Abstract
138
PDF
0

Author Biographies

राजेन्द्र Rajendra खनाल Khanal, शिक्षाशास्त्र केन्द्रीय विभाग, त्रि.वि., कीर्तिपुर

उप प्रा. नेपाली शिक्षा 

सिद्धिबहादर Siddhi Bahadur महर्जन Maharjan, शिक्षाशास्त्र केन्द्रीय विभाग, त्रि.वि., कीर्तिपुर

उप प्रा. नेपाली शिक्षा 

Downloads

Published

2024-12-31

How to Cite

स्नातकोत्तर तहको परीक्षण प्रक्रियामा विश्वसनीयता र वैधता . (2024). Sampreshan सम्प्रेषण, 8(1), 53-60. https://doi.org/10.3126/sampreshan.v8i1.75218

Issue

Section

Articles

How to Cite

स्नातकोत्तर तहको परीक्षण प्रक्रियामा विश्वसनीयता र वैधता . (2024). Sampreshan सम्प्रेषण, 8(1), 53-60. https://doi.org/10.3126/sampreshan.v8i1.75218