कक्षा १२ का विद्यार्थीहरूको संयुक्त वर्ण लेखन क्षमता

Authors

  • दिनेश Dinesh घिमिरे Ghimire शिक्षाशास्त्र केन्द्रीय विभाग, त्रि.वि., कीर्तिपुर

Keywords:

अवशेषीकृत, औसत मान, लेखन प्रवृत्ति, वर्णविन्यास, संयुक्त वर्ण

Abstract

प्रस्तुत लेख विद्यालय तहका विद्यार्थीहरूको नेपाली भाषाका संयुक्त वर्ण लेखन क्षमता परीक्षणसँग सम्बन्धित छ ।
यसमा मिश्रित अध्ययन ढाँचामा आधारित रहेर तथ्याङ्क शास्त्रीय विधिका साथै भाषिक विशिष्टता वर्णनका लागि
वर्णनात्मक विधि उपयोग गरिएको छ । कक्षा १२ मा अध्ययनरत जम्मा २०० जना विद्यार्थीमा गरिएको यस
अध्ययनबाट मातृभाषी र विमातृभाषी विद्यार्थीको संयुक्त वर्ण लेखन क्षमतामा तावक फरक नरहेको, उनीहरूको
संयुक्त वर्ण लेखन क्षमता मातृभाषाका कारणले भन्दा पनि व्यक्तिका भाषिक दक्षताले बढी प्रभावित भएको,
विद्यार्थीहरूको लेखाइमा अभ्यस्त प्रयोगमा रहेका क्ष, ज्ञ, श्र, प्र, र आदि वर्णको संयुक्ततामा कम त्रुटि हुने गरेको,
‘ऋ’को प्रयोगका सन्दर्भमा सग्लो वर्णका रूपमा ‘ऋ’ प्रयोगमा शुद्धता पाइए पनि अन्य वर्णसँग योग भएर आउने कृ,
बृ आदिको लेखनमा बढी त्रुटि देखिएको, त्यस्तै ङ, त्त, क्त आदिको संयुक्ततामा खप्टिएको वर्ण लेख्नेभन्दा हलन्त
प्रयोग गरेर लेख्ने प्रवृत्ति बढी विद्यार्थीमा पाइएको जस्ता निष्कर्षमा पुगिएको छ ।

Abstract
193
PDF
38

Author Biography

दिनेश Dinesh घिमिरे Ghimire, शिक्षाशास्त्र केन्द्रीय विभाग, त्रि.वि., कीर्तिपुर

उप प्रा. नेपाली शिक्षा 

Downloads

Published

2024-12-31

Issue

Section

Articles

How to Cite

घिमिरे Ghimire द. D. (2024). कक्षा १२ का विद्यार्थीहरूको संयुक्त वर्ण लेखन क्षमता . Sampreshan सम्प्रेषण, 8(1), 46-52. https://doi.org/10.3126/sampreshan.v8i1.75217