समकालीन नेपाली बालकथाका विषयवस्तु र भाषाशैली
DOI:
https://doi.org/10.3126/sampreshan.v8i1.75214Keywords:
कथा, बालकथा, भाषाशैलीAbstract
प्रस्तुत लेख समकालीन नेपाली बालकथाको अध्ययनमा आधारित छ । यस लेखमा समकालीन नेपाली बालकथाको विषयवस्तु र भाषाशैली अन्वेषण गरिएको छ । यस अध्ययनको मुख्य उद्देश्य समकालीन नेपाली बालकथाको विषयवस्तु र भाषाशैली अध्ययन गर्नु रहेको छ । प्रस्तुत अध्ययन गुणात्मक अनुसन्धान विधिमा आधारित छ । यस अध्ययनमा मूलतः नेपाली र अङ्ग्रेजी स्रोतका सैद्धान्तिक सामग्रीको उपयोगबाट तथ्य विश्लेषणको आधार बनाइएको छ । यस अध्ययनबाट समकालीन नेपाली बालकथा सामाजिक, मनोवैज्ञानिक, वैज्ञानिक र प्राकृतिक विषयवस्तुमा आधारित रहेका, बालकथामा कथावस्तुको प्रस्तुति रेखीय र वृत्ताकारीय रहेको, समकालीन बालकथामा आन्तरिक र बाह्य द्वन्द्वको प्रयोग गरिएको, मानक र मानकेतर भाषाको प्रयोग गरिएको, कतिपय बालकथामा टुक्कायुक्त लाक्षणिक भाषाको प्रयोग गरिएको, समकालीन बालकथामा तत्सम, तद्भव र आगन्तुक स्रोतका शब्दको प्रयोग गरिएको, दृष्टिबिन्दुका दृष्टिले समकालीन बालकथामा तृतीय पुरुषको प्रयोग गरिएको निष्कर्ष निकालिएको छ । प्रस्तुत अध्ययन समकालीन नेपाली बालकथाको विषयवस्तु र भाषाशैलीका बारेमा आवश्यक जानकारी लिन विशेषोपयोगी हुने अपेक्षा गरिएको छ ।