स्नातकोत्तर तहका दोस्रो भाषी विद्यार्थीहरूको नेपाली लिखित अभिव्यक्ति

Authors

  • बद्धराज Buddharaj खनिया Khaniya शिक्षाशास्त्र केन्द्रीय विभाग, त्रि.वि., कीर्तिपुर

DOI:

https://doi.org/10.3126/sampreshan.v8i1.75213

Keywords:

लिखित अभिव्यक्ति, बर्ण विन्यास, दोश्रो भाषा, बिषय वस्तु संगठन

Abstract

स्नातकोत्तर तहका दोस्रो भाषी विद्यार्थीहरूको नेपाली लिखित अभिव्यक्ति लेखाजोखा गर्ने उद्देश्यले तयार पारिएको यो लेख गुणात्मक अनुसन्धानको स्थलगत अध्ययनमा आधारित छ । यसका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र केन्द्रीय विभाग अन्तर्गत नेपाली भाषा शिक्षा विभागमा स्नातकोत्तर तहको तेस्रो सत्रमा अध्ययनरत दोस्रो भाषाका रूपमा नेपाली सिक्ने बार जना विद्यार्थीहरूलाई उद्देश्यमूलक आधारमा नमुना छनोट गरिएको छ । छनोट गरिएका विद्यार्थीलाई कक्षाकार्यका रूपमा निर्धारित विषय र समय सीमामा स्वतन्त्र लिखित अभिव्यक्ति दिन लगाई तथ्य सङ्कलन गरिएको छ । यसरी सङ्कलन गरिएका नेपाली इतर विभिन्न मातृभाषी विद्यार्थीहरूका लेखनलाई विषयवस्तु, भाषा र सङ्गठनका आधारमा विश्लेषण गरी निष्कर्ष निकालिएको छ । यस अनुसार छनोटमा परेका विद्यार्थीद्वारा निर्धारित विषय क्षेत्रमा केन्द्रित भई अनलाइन कक्षा लिँदा भोगेका समस्या र प्राप्त गरेका आंशिक उपलब्धि प्रस्तुत गरिएको छ । यस सन्दर्भमा केही विद्यार्थीले विस्तारपूर्वक विषयवस्तु प्रस्तुत गरेका छन् भने केही विद्यार्थीले संक्षिप्त विषयवस्तु प्रस्तुत गरेका छन् । धेरैजसो विद्यार्थीको अभिव्यक्तिमा विषयवस्तुको सामान्य सिलसिला मिलेको देखिन्छ भने केही विद्यार्थीका केही सन्दर्भमा विषयवस्तुको अन्विति पाइँदैन । उनीहरूले विभिन्न किसिमका सरल, संयुक्त र मिश्र वाक्य प्रयोग गरेको देखिन्छ । केही विद्यार्थीले धेरै सम्बद्धकहरू प्रयोग गरेर लामा लामा वाक्यहरूको निर्माण गर्दा कतिपय वाक्यहरू स्पष्ट देखिँदैनन् । यस क्रममा उनीहरूले ह्रस्व–दीर्घ, श–ष–स, ब–व, चन्द्रविन्दु–शिरविन्दु, पदयोग–पदवियोग सम्बन्धी नियमित र असावधानीगत वर्णविन्यासीय त्रुटिहरू गरेको पाइन्छ । लिखित अभिव्यक्तिको समग्र सङ्गठनलाई हेर्दा केही विद्यार्थीले विषयवस्तुलाई अनुच्छेदको सामान्य ढाँचामा सङ्गठित गरेको देखिन्छ भने केही विद्यार्थीको अभिव्यक्तिमा विषयवस्तु र अनुच्छेदको तादात्म्य पाइँदैन । यो अनुसन्धानात्मक लेख प्रत्यक्षतः भाषा शिक्षण सिकाइ प्रक्रियामा उपयोगी हुने छ ।

Downloads

Download data is not yet available.
Abstract
40
PDF
12

Author Biography

बद्धराज Buddharaj खनिया Khaniya, शिक्षाशास्त्र केन्द्रीय विभाग, त्रि.वि., कीर्तिपुर

सहप्रा., नेपाली शिक्षा 

Downloads

Published

2024-12-31

How to Cite

खनिया Khaniya ब. B. (2024). स्नातकोत्तर तहका दोस्रो भाषी विद्यार्थीहरूको नेपाली लिखित अभिव्यक्ति . Sampreshan सम्प्रेषण, 8(1), 20–33. https://doi.org/10.3126/sampreshan.v8i1.75213

Issue

Section

Articles