लक्ष्मीप्रसाद देवकोटाका व्यङ्ग्य निबन्ध रचनाका प्रेरक परिवेशहरू

Authors

  • रामनाथ Ram Nath ओझा Ojha शिक्षाशास्त्र केन्द्रीय विभाग, त्रिवि., कीर्तिपुर Central Department of Education, TU

Keywords:

सिर्जनात्मक चेतना, प्रेरक परिवेश, व्यङ्ग्य चेतना, समाजद्रष्टा

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेख लक्ष्मीप्रसाद देवकोटाका व्यङ्ग्य निबन्ध रचनाका प्रेरक परिवेशको अध्ययनमाकेन्द्रित रहेको छ । निबन्धकार लक्ष्मीप्रसाद देवकोटाका निबन्ध सिर्जनाको परिवेश र त्यस परिवेशले उनकोचेतनामा पारेको प्रभावको अभिव्यक्ति उनका निबन्धहरूमा प्रकट भएको छ । गुणात्मक पद्धति अँगालिएको यसआलेखमा पुस्तकालयीय स्रोतबाट सामग्री सङ्कलन गरिएको छ । समाजद्रष्टा देवकोटाका निबन्धको अध्ययनगरी तिनमा व्यक्त व्यङ्ग्यका सन्दर्भलाई साक्ष्यका रूपमा प्रस्तुत गरी उनका जीवनप्रसङ्ग तथा युगीन राजनैतिक, सामाजिक, सांस्कृतिक लगायतका विविध सन्दर्भको पहिचान गरी पाठविश्लेषण पद्धतिका आधारमा देवकोटालाईनिबन्ध रचना गर्न प्रभाव पार्ने परिवेशको पहिचान गरिएको छ । यसबाट तत्कालीन राजनैतिक, आर्थिक, सामाजिक,पारिवारिक एवम् वैयक्तिक कारणको प्रभाव देवकोटाका व्यङ्ग्य निबन्धमा परेको निष्कर्ष निकालिएको छ ।

Abstract
191
PDF
48

Author Biography

रामनाथ Ram Nath ओझा Ojha, शिक्षाशास्त्र केन्द्रीय विभाग, त्रिवि., कीर्तिपुर Central Department of Education, TU

प्राध्यापक, नेपाली शिक्षा

Downloads

Published

2024-12-31

Issue

Section

Articles

How to Cite

ओझा Ojha र. R. N. (2024). लक्ष्मीप्रसाद देवकोटाका व्यङ्ग्य निबन्ध रचनाका प्रेरक परिवेशहरू. Sampreshan सम्प्रेषण, 8(1), 1-9. https://doi.org/10.3126/sampreshan.v8i1.75210