सामाजिक मानवशास्त्रको दृष्टिमा परिवार

Authors

  • शुक्रराज Shukraraj अधिकारी Adhikari सामाजिक कार्य केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर
  • गंगा Ganga आचार्य Acharya सामाजिक कार्य केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर

DOI:

https://doi.org/10.3126/rs.v1i1.74807

Keywords:

उद्विकासवाद, प्रतीकवाद, प्रसारवाद, सामाजिक जीवशास्त्रवाद, सामाजिक मानवशास्त्र

Abstract

समाजशास्त्री एवम् मानवशास्त्रीहरूले परिवारलाई सामाजिक र जैविक दुवै खालको सम्बन्धको एकीकृत स्वरूपको रूपमा चर्चा गर्ने गरेका छन् । यसै सन्दर्भमा यस आलेखको मूल ध्येय सामाजिक मानवशास्त्रीय सैद्धान्तिक दृष्टिका आधारमा पारिवारिक सम्बन्धलाई विश्लेषण गर्नु रहेको छ । यस अनुसन्धानमा उद्देश्य प्राप्तीका लागि गुणात्मक अनुसन्धान ढाँचा अन्तर्गत अन्तरवस्तु विश्लेषण विधिको प्रयोग गरी प्राप्त भएका सूचनाहरूलाई अन्तरवस्तु विश्लेषण विधिकै माध्यमबाट विश्लेषण गरिएको छ । परिवार सामाजिक संरचनाको एक अधारभूत तत्वको रूपमा रहेको पाईयो । परिवारको उत्पत्ति सम्वन्धमा समाजशास्त्री एवम् मानवशास्त्रीहरूका बीचमा फरक–फरक धारणा रहेको देखियो । उद्विकासवादी दृष्टिले परिवारको स्वरूप क्रमिक रूपमा विकास हुँदै आएको तर प्रसारवादी दृष्टिकोणअनुसार पारिवारिक संरचना कुनै ठाउँ विशेषमा रहेको परिवारबाट निर्माण भएर सर्दा–सर्दै खास स्वरूपमा आईपुगेको हो । यी दुई सिद्धान्तको मत परस्पर विपरित रहेको देखिन्छ । सांस्कृतिक पर्यावरण र प्रतीकवादी सैदान्तिक अवधारणाले जीविकोपार्जनको विधि एवम् प्रतीकको अर्थ खास खालको भौगोलिक परिवेश तथा पर्यावरणीय स्वरूपमा निर्भर रहन्छ भन्ने कुरामा जोड दिएको छ । जैविकीय समाजशास्त्रीय दृष्टिले भने पारिवारिक संरचना तथा परिवारभित्र अवलम्बन गरिने सम्पुर्ण मानवीय ब्यबहारहरू जैविक गुण तथा वंशानुगत गुण ‘जीन’ बाट प्रभावित हुने तर्क गरेको छ । परिवारभित्र कायम रहने मानवीय सम्बन्धका स्वरूपहरूको गहिराई पहिल्याउन एउटै दृष्टिकोणबाट मात्र अध्ययन गरेर सम्भव नहुने रहेछ भन्ने निचोडम प्राप्त भयो ।

Downloads

Download data is not yet available.
Abstract
29
PDF
14

Downloads

Published

2024-12-31

How to Cite

अधिकारी Adhikari श. S., & आचार्य Acharya ग. G. (2024). सामाजिक मानवशास्त्रको दृष्टिमा परिवार . Rabi Sangyan, 1(1), 109–118. https://doi.org/10.3126/rs.v1i1.74807

Issue

Section

Research Articles