नेपाली वर्णविन्यास सम्पादनमा चिन्ह प्रयोग
DOI:
https://doi.org/10.3126/rs.v1i1.74806Keywords:
बर्णविन्यास, सम्पादन, टंकन, संरचनाAbstract
प्रस्तुत लेख नेपाली वर्णहरूको उपर्युक्त विन्यासको प्रयोग र नेपाली भाषा सम्पादनमा चिहृनको पहिचानमा आधारित छ । भाषामा स्पष्ट रूपमा व्याकरणिक संरचना र कोशीय अर्थापनमा सन्तुलन ल्याउनका लागि वर्णहरूको उपर्युक्त ढङ्गले विन्यास गर्नुपर्ने हुन्छ । वर्णविन्यासलाई एकरूपता ल्याएर व्याकरणिक संरचना र कोशीय न्यायका लागि केही नियमहरू स्थापना भएका छन् । सम्पादन कार्य बौद्धिक, प्राज्ञिक, अनुभवमा आधारित जटिल र सम्वेदनशील लिपिवद्ध कार्य हो । पाण्डुलिपि देखि टङ्कन र मुद्रण वा प्रकाशन पूर्वको अवस्थासम्म स्पष्ट, सरल र शुद्धीकरण गरी मुद्रित सामग्रीलाई प्रकाशनयोग्य बनाउनको लागि सम्पादन कार्र्य गरिन्छ । प्रकाशनमा ल्याइएका लिखित सामग्रीमा परिष्कृत गरी उपर्युक्त अर्थापन गर्दै लुप्त ज्ञानको प्रकाश पार्नुका साथै नवीन ज्ञान स्थापित गर्नको लागि सम्पादन कार्य गरिन्छ । प्रस्तुत लेख मुख्यगरी नेपाली स्वर व्यञ्जन र संंयुक्त वर्णको प्रयोगका साथै ह्रस्व दीर्घसम्बन्धी वर्णको विन्यासगत नियमको विश्लेषण गर्न सम्पादन प्रक्रियामा प्रयोग हुने सङ्केत पहिचान, सङ्केतार्थ र प्रयोग अवस्थामा केन्द्रित भएकोले यस लेखमा सामग्री सङ्कलन र विश्लेषण विधिको प्रयोग गरिएको छ । यस लेखमा नेपाली भाषामा वर्णवितरण र सम्पादनमा प्रयोग गरिने सङ्केत चिहृनको पहिचान, अर्थ र प्रयोगमा लेखलाई केन्द्रित गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.