तरूनी खेती उपन्यासमा प्रयुक्त पर्यावरणीय चिन्तन
DOI:
https://doi.org/10.3126/rs.v1i1.74804Keywords:
पर्यावरण, पारिस्थितिक नारीवाद, मानवीय सम्बन्ध, पर्यावरणीय सचेतताAbstract
प्रस्तुत लेख पर्यावरणीय चिन्तनको आलोकमा तरूनी खेती उपन्यासको अध्ययन विश्लेषण गर्ने कार्यमा केन्द्रित रहेको छ । तरूनी खेती उपन्यासका लेखक प्रयोगवादी उपन्यासकार सरूभक्त श्रेष्ठ हुन् । यस उपन्यासमा पुरूषप्रधान समाजमा महिलाहरूले भोग्न परेका समस्या र त्यसबाट उत्पन्न असहज सामाजिक परिस्थितिको यथार्थ चित्रण गरिएको छ । साहित्यको विश्लेषण गर्ने विभिन्न सिद्धान्तहरू मध्ये पर्यावरणीय समालोचना पनि एक हो । यसलाई प्रकृतिकेन्द्री समालोचना तथा अन्तर्विषयक समालोचना पद्धति पनि भनिन्छ । उत्तरआधुनिक युगमा विकसित यस समालोचना प्रणालीले पारिस्थितिक पद्धतिमा जोड दिन्छ । तरूनी खेती उपन्यासमा नारीलाई उपभोग्य वस्तुका रूपमा हेर्ने पुरूषवादी चिन्तनको बिरोध गरिएको छ । पर्यावरणीय दृष्टिकोणले मूल्याङ्कन गर्दा यस उपन्यासमा सामाजिक सांस्कृतिक परम्पराजन्य परिस्थितिको बिम्बात्मक चिक्र अङ्कन गरिएको छ । त्यसत्रममा लैङ्गिक विभेद र पारिस्थितिक नारीवादलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ । उपन्यासमा सामाजिक सांस्कृतिक पर्यावरणलाई पनि उच्च महत्व प्रदान गरिएको छ । मानवीय सम्बन्ध र पर्यावरणीय सचेतनाका दृष्टिले समेत उपन्यास उत्कृष्ट रहेको छ । अतः यो उपन्यास पर्यावरणीय चिन्तनको आलोकमा उपयुक्त खालको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.