पाश्चात्य सन्दर्भमा विज्ञान आख्यानका ऐतिहासिक मोडहरू {Historical Modes of Science Narratives in Western Contexts}

Authors

  • विष्णुप्रसाद Bishnuprasad ज्ञवाली Gnawali नेपाली विभाग, त्रि.वि., रत्न राज्यलक्ष्मी क्याम्पस, प्रदर्शनी मार्ग, काठमाडौँ

Keywords:

समाज विज्ञान, स्वर्णकाल, विज्ञान आख्यान, वैज्ञानिक अन्तर्वस्तु

Abstract

प्रस्तुत लेख विज्ञान आख्यानको पाश्चात्य परम्परामा देखापरेका ऐतिहासिक मोडको विमर्शमा आधारित छ ।वैज्ञानिक अन्तर्वस्तुमा आधारित हुने विज्ञान आख्यानको आरम्भ र विकासको सन्दर्भ पाश्चात्य साहित्यसँग प्रत्यक्ष जोडिएको छ । प्रारम्भमा अङ्ग्रेजी भाषा साहित्यबाट सुरु भएको देखिने विज्ञान आख्यान अहिले संसारका विभिन्न भाषा साहित्यमा विस्तारित भएको छ । प्रस्तुत लेखमा पाश्चात्य साहित्यमा विज्ञान आख्यानको विकासका सन्दर्भमा के कस्ता मोडहरू देखापरेका छन्भन्ने समस्याको समाधान खोज्ने प्रयास भएको छ ।यसका निम्ति पुस्तकालयीय स्रोतबाट सङ्कलित द्वितीयक सामग्रीको उपयोग गरिएको छ । उपयोगमा ल्याइएका त्यस्ता सामग्रीको विश्लेषणका निम्ति ऐतिहासिक विश्लेषण विधि अवलम्बन गरिएको छ । विश्लेषित सामग्रीका आधारमा विज्ञान आख्यानको पृष्ठभूमिमा लामो परम्परा जोड्न सकिने भए पनि मेरी सेलीको फ्राङ्किन्स्ट्यानबाट आरम्भ भएको विज्ञान आख्यान जुल्स ग्याब्रियल भर्ने, एच.जी. वेल्स, ह्युगो ग्रिन्सबक, जोन डब्ल्यु क्यापवेलका सिर्जनात्मक कार्यबाट विकसित र विस्तारित भएको निष्कर्ष प्रस्तुत गरिएको छ ।

Abstract
253
PDF
0

Downloads

Published

2023-12-31

How to Cite

पाश्चात्य सन्दर्भमा विज्ञान आख्यानका ऐतिहासिक मोडहरू {Historical Modes of Science Narratives in Western Contexts}. (2023). RR Interdisciplinary Journal, 4(4), 79-86. https://doi.org/10.3126/rrij.v4i4.62783

Issue

Section

Articles

How to Cite

पाश्चात्य सन्दर्भमा विज्ञान आख्यानका ऐतिहासिक मोडहरू {Historical Modes of Science Narratives in Western Contexts}. (2023). RR Interdisciplinary Journal, 4(4), 79-86. https://doi.org/10.3126/rrij.v4i4.62783