नानीकी आमा उपन्यासमा वैचारिकता {Ideology in 'Nani's Mother Novel'}

Authors

  • गोविन्दप्रसाद Govindaprasad आचार्य Acharya नेपाली विभाग, त्रि.वि., रत्न राज्यलक्ष्मी क्याम्पस, प्रदर्शनी मार्ग, काठमाडौँ

Keywords:

प्रगतिवादी Pragativadi, वैचारिक Vaicharik, भ्रष्टीकरण Bhrashtikaran, भौतिकवाद Bhautikvad, वर्गीय, प्रवृत्ति

Abstract

रामप्रकाश पुरीकृत ‘नानीकी आमा’ (२०६३) मुख्यतः वैचारिक उपन्यास हो। परम्परित औपन्यासिक शैली भन्दा फरक प्रकारले निर्माण भएको हुँदा उपन्यास प्रयोगशील रहेको छ । उपन्यासमा दर्शन, विचार, राजनीति, सङ्घर्ष आदि विषयमा गम्भीर वहसका साथै गहन र उच्च प्रकारले विचारको प्रस्तुति गरिएको छ । उपन्यासमा सन्दर्भित गरिएका प्रेम, सम्बन्ध, आक्रोश, वेदना, खुसी, क्रान्ति, आशा, विश्वास, आस्था आदिको औचित्य पुष्टिका लागि सतहमा आएका विभिन्न पात्रको प्रभावकारी भूमिकाले उपन्यासलाई कलात्मक र वैचारिक दुबै रूपमा सफल बनाइदिएको छ । क्रान्तिको पक्षबाट वैचारिक पैरवी भएपनि क्रान्तिका नाममा भएका वैचारिक भ्रष्टीकरणलाई अस्वीकार गरिएको छ । वर्गीय प्रेमको संस्कार वर्गीयतामाथि आधारित हुन्छ भन्ने माक्र्सवादी दृष्टिकोणलाई सांस्कृतिक संस्कार बनाउन आह्वान गरिएको छ । सामाजिक परिवर्तनको गन्तव्यको लागि वर्गसङ्घर्षको उथलपूथलकारी कार्यविधिलाई आधारको रूपमा माक्र्सवादी–लेनिनवादी सिद्धान्तलाई लिइएको छ । उपन्यासमा सिद्धान्तलाई जीवनका लागि स्वीकार गरिएको भएपनि जीवनका लागि गलत सिद्धान्तको मार्ग अस्वीकृत गरिएको छ । जीवनका लागि आस्था निर्माण भएको छ र त्यसलाई ढल्न नदिन बलिदानी भएको छ र जीवनका नयाँ ढोका खोलिएका छन्। विचारको गहनताले भरिएको ‘नानीकी आमा’ उपन्यासको वैचारिकता द्वन्द्वात्मक भौतिकवादी दार्शनिक पद्धतिमाथि आधारित छ । विपरित विचारको अस्तित्वलाई उपन्यासमा सहर्ष स्वीकार गरिएको छ । विपरित विचारको द्वन्द्वले नयाँ तथ्यलाई अगाडि ल्याउन सक्ने ऐतिहासिक भौतिकवादी नियमको प्रचलित मान्यतालाई उपन्यासले स्वीकार गरेको छ । सामाजिक परिवर्तनको लागि द्वन्द्व अनिवार्य छ र प्रगतिशील वर्गको विजय अवश्यमभावी तथ्य हो भन्ने उपन्यासको वैचारिक निष्कर्ष रहेको छ । क्रान्तिको अवश्यमभावी तथ्यप्रति उपन्यासले विश्वास उत्पन्न गराउँछ । द्वन्द्वात्मक भौतिकवादलाई स्वीकार गर्नु, क्रान्तिको पक्षमा पैरवी गर्नु, नयाँ समाजको योजना प्रस्तुत गर्नु र विद्यमान व्यवस्थाका विरुद्ध उभिनुले उपन्यासको वैचारिक पक्ष प्रगतिशील र प्रगतिवादी रहेको छ ।

Abstract
226
PDF
0

Downloads

Published

2023-12-31

How to Cite

नानीकी आमा उपन्यासमा वैचारिकता {Ideology in ’Nani’s Mother Novel’}. (2023). RR Interdisciplinary Journal, 4(4), 16-27. https://doi.org/10.3126/rrij.v4i4.62769

Issue

Section

Articles

How to Cite

नानीकी आमा उपन्यासमा वैचारिकता {Ideology in ’Nani’s Mother Novel’}. (2023). RR Interdisciplinary Journal, 4(4), 16-27. https://doi.org/10.3126/rrij.v4i4.62769