मेचे जातिमा प्रचलित विवाह पद्धति {Marriage System Prevalent in the Meche Caste}

Authors

  • इन्द्रकला Indrakala भण्डारी Bhandari त्रिवि, पद्मकन्या बहुमुखी क्याम्पस

DOI:

https://doi.org/10.3126/rdj.v3i1.67140

Keywords:

विधिविधान, मेचे जाति, विवाह संस्कार

Abstract

यो लेख मेचे जातिमा प्रचलित विवाह पद्धतिसँग सम्बन्धित विविध पक्षको विश्लेषणमा केन्द्रित छ । मेचे आदिवासी जनजाति समुदायअन्तर्गत पर्ने अल्पसंख्यक लोपोन्मुख जातीय समूह हो । नेपाल बाहिर भारतका भारतको आसाम, पश्चिम बंगाल, सिक्किम तथा भुटानका केही क्षेत्रहरूमा पनि यिनीहरू बसोबास गर्दछन्। नेपालमा भने यो जातिको बसोबास विशेषतः प्रदेश नं १ को झापा जिल्लाका जलथल, भद्रपुर नगरपािलका लखनपुर अनारमुनी, ज्यामिरगढी, बाहुनडाँगी, शनिश्चरे, चकचकी, भद्रपुर नगरपालिका, अनारमुनी, महेशपुर बनियानीजस्ता विभिन्न गाउँवस्तीहरूमा पाइन्छ । यिनीहरूका मौलिक सामाजिक, सांस्कृतिक, धार्मिक विशेषता यो आदिवासी जनजातिलाई चिनाउने प्रमुख आधार हुन्। त्यसमा पनि विवाह पद्धति र प्रकार यो जातिका पहिचानका सूत्र मानिन्छन्। अतः मेचे जातिमा प्रचलित विवाह पद्धतिलाई यस अध्ययनको विषय बनाइएको हो । यो अध्ययनमा प्राथमिक तथा द्वितीयक दुवै प्रकारका तथ्याङ्क एवम्सूचना सङ्कलन तथा विश्लेषण गरिएको छ । द्वितीयक तथ्याङ्क एवम्सूचना पूर्वकार्य समीक्षा र प्राथमिक तथ्याङ्क मूलतः झापा जिल्लाको धाइजन, मेचीनगर, बाहुनडाँगी, इटाभट्टा, अनारमनीजस्ता गाउँवस्तीमा बसोबासगर्ने मेचे समुदायबाट सङ्कलन गरिएको हो । विश्लेषणात्मक र विवरणात्मक ढाँचामा आधारित यो अध्ययनमा सङ्ख्यात्मकभन्दा गुणात्मक तथ्याङ्क प्रयोग गरिएका छन्।

Downloads

Download data is not yet available.
Abstract
10
PDF
6

Author Biography

इन्द्रकला Indrakala भण्डारी Bhandari, त्रिवि, पद्मकन्या बहुमुखी क्याम्पस

समाजशास्त्र विभाग

Downloads

Published

2019-12-31

How to Cite

भण्डारी Bhandari इ. I. . (2019). मेचे जातिमा प्रचलित विवाह पद्धति {Marriage System Prevalent in the Meche Caste}. Rural Development Journal, 3(1), 111–119. https://doi.org/10.3126/rdj.v3i1.67140

Issue

Section

Articles