शव, सालिक र सहस्र बुद्ध कथामा सबाल्टर्न {The Corpse, the Salik and the Subaltern in the Sahasra Buddha Story}

Authors

  • ज्ञाननिष्ठ Gyannistha ज्ञवाली Gyawali त्रि.वि. पद्मकन्या बहुमुखी क्याम्पस नेपाली विभाग, बागबजार, काठमाडौं

DOI:

https://doi.org/10.3126/rdj.v3i1.67139

Keywords:

सबाल्टर्न, प्रभुत्व, हेजेमोनी, शक्तिकेन्द्र, किनारीकृत, अधीनस्थ, पराधीन, सीमान्तीकृत, उत्पीडन, अभिजात, वाचाल

Abstract

प्रस्तुत अध्ययन ‘शव सालिक र सहस्र बुद्ध’ कथामा रहेको सबाल्टर्न चेतनाकोउद्घाटनमा केन्द्रित छ । सबाल्टर्न अध्ययन सांस्कृतिक अध्ययन अन्तर्गत पर्ने कृति विश्लेषणको नवीन मान्यता हो । यसले साहित्यमा सबाल्टर्न वर्गको अधीनस्थ अवस्थालाई हेर्छ । राज्यको मूल धारबाट किनारीकृत गरी सीमान्तमा पुर्याइएका निम्न वर्गीय मानिसहरूको पहिचान र प्रतिनिधित्वका पक्षमा यस सिद्धान्तले जोड दिन्छ । इटालेली सौन्दर्य चिन्तक ग्राम्चीद्वारा प्रस्तुत सबाल्टर्न सम्बन्धी मान्यताले समाजमा सदियौँदेखि प्रभुत्वशाली वर्गबाट उत्पीडन सहन बाध्य बनाइएका वर्गको पक्षमा वकालत गर्दछ । यस अध्ययनमा यही मान्यताका आधारमा ‘शव, सालिक र सहस्र बुद्ध’ कथामा सबाल्टर्न अध्ययन गरिएको छ । कथाकी मुख्य पात्र न्हुच्छेमाया राज्यको मूलधारबाट उपेक्षित भएकी सीमान्तीकृत अवस्थामा पुर्याएकी सबाल्टर्न पात्र हो । ऊ वर्गीय, जातीय एबम लैङ्गिक आधारमा सबाल्टर्न पात्र हो भन्ने निष्कर्ष यस अध्ययनबाट प्राप्त भएको छ । ज्ञान र चेतनाको कमीले प्रभुत्वशाली वर्गसँग प्रतिरोध गर्न नसक्ने न्हुच्छेमाया बाचाल हुन नसकेकी सबाल्टर्न पात्र हो । उसको आवाजलाई यहाँ कथाकारले बोलिदिएका छन् भन्ने निष्कर्षसमेत यस अध्ययनबाट प्राप्त भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
9
PDF
5

Author Biography

ज्ञाननिष्ठ Gyannistha ज्ञवाली Gyawali, त्रि.वि. पद्मकन्या बहुमुखी क्याम्पस नेपाली विभाग, बागबजार, काठमाडौं

उपप्राध्यापक

Downloads

Published

2019-12-31

How to Cite

ज्ञवाली Gyawali ज. G. (2019). शव, सालिक र सहस्र बुद्ध कथामा सबाल्टर्न {The Corpse, the Salik and the Subaltern in the Sahasra Buddha Story}. Rural Development Journal, 3(1), 102–110. https://doi.org/10.3126/rdj.v3i1.67139

Issue

Section

Articles