मध्यकालीन प्यूठान राज्यको ऐतिहासिक स्थिति {Historical Status of the Medieval Pyuthan Kingdom}

Authors

  • बमबहादुर Bambahadur अधिकारी Adhikari त्रि.वि. पद्मकन्या बहुमुखी क्याम्पस

DOI:

https://doi.org/10.3126/rdj.v3i1.67138

Keywords:

बाईसी राज्यहरू, चौबीसी राज्यहरू, ठकुराई राज्य, भित्रीकोट, खलङ्गा, प्यूठान

Abstract

मध्यकालीन प्यूठान राज्य बाईसी तथा चौबीसी राज्यहरूको भौगोलिक क्षेत्रको सीमानामा पर्दथ्यो । लिच्छविकालमा गण्डीगुल्म विषय अन्तर्गतको प्यूठान राज्यमा चन्द शासकहरूपूर्व मगरहरूको अस्तित्व कायम रहेको हुनाले यो राज्यलाई मगरातभित्र पारिएको थियो। यस राज्यमा ब्राह्मण, क्षत्री, मगरलगायत शिल्पकार र कालीगढसहित कामी, दमाई, सार्की, गाइने, बादी, सुनार, टोमटो आदि थरका पेसेवार समूहहरूको बसोबास रहेको थियो। पहाडको टाकुरामा अवस्थित भित्रीकोट राजधानी रहेको प्यूठान राज्य अन्य बाइसे र चौबीसे राज्यहरूकाझैं चौबीसी राज्यअन्तर्गत मजबूत किल्लाको रूपमा विकसित भएकाले सैनिक तथा सामरिक दृष्टिले पनि सुरक्षित थियो । पूर्वमा धूरकोट र गुल्मी, पश्चिममा दाङ्ग र फलवाङ्ग, खुँग्री र गजुल, उत्तरमा पर्वत र मलेवम दक्षिणमा अर्घा, खाँची र पाल्पा राज्यहरू पर्दथे । भिङ्ग्री राज्य प्यूठान राज्यभित्रै पर्दथ्यो । गोरखालीहरूको एकीकरणताका यो राज्य बलियो राज्यको रूपमा रहेको थियो । यस राज्यको सल्यान, जाजरकोट, जुम्ला र गोरखासँग राम्रै सम्बन्ध कायम रहेको देखिन्छ । प्यूठानका चन्द शासकहरूको सम्बन्ध सल्यान, जुम्ला, फलावाङ, रुकुम, जाजरकोट आदि पश्चिमी राज्यहरूसँग कायम थियो । प्यूठानको सखीमाझ क्षेत्र बाइसी र चौबीसी राज्यको ओहोरदोहोर गर्ने सीमान्त मार्ग बनेको थियो । प्यूठान राज्यको सभ्यता र संस्कृतिको विकास गराउनमा निर्मलनाथ, संसारनाथ, मेहलनाथ, दुवनाथ, प्रापतनाथ, क्याडी विजुवार खैरा गोरखनाथ जस्ता विद्वान्हरूको भूमिका रहको पाइन्छ । प्यूठान राज्यको दरबार, देवमन्दिर, आवाशीय भवन, विविध देवल र मूर्तिहरू आकर्षक भएको हुनाले कला तथा वास्तुकलाको क्षेत्रमा पनि प्यूठान अन्य चौबीसी राज्यको तुलनामा समुन्नत थियो । प्यूठानी राजा मानिक चन्दको समयमा गोरखा राज्यसँग प्यूठानको सुमधुर सम्बन्ध कायम रहे पनि गोरखाले पश्चिमी आक्रमण गर्ने योजना बनाउँदा प्यूठानमाथि हमला गर्ने योजना बनायो। प्यूठानी राजा मोतिचन्दको शासनकालमा आएर प्यूठानको आर्थिक स्थिति कमजोर भयो र वि.सं. १८४३ को कार्तिक १९ गते बुधबारका दिन प्यूठानको चन्द राज्यको अस्तित्व समाप्त गरी प्यूठान राज्यलाई विशाल नेपालभित्र गाभियो ।

Downloads

Download data is not yet available.
Abstract
10
PDF
6

Author Biography

बमबहादुर Bambahadur अधिकारी Adhikari, त्रि.वि. पद्मकन्या बहुमुखी क्याम्पस

इतिहास शिक्षण समितिका अध्यक्ष एवं सहप्राध्यापक

Downloads

Published

2019-12-31

How to Cite

अधिकारी Adhikari ब. B. (2019). मध्यकालीन प्यूठान राज्यको ऐतिहासिक स्थिति {Historical Status of the Medieval Pyuthan Kingdom}. Rural Development Journal, 3(1), 93–101. https://doi.org/10.3126/rdj.v3i1.67138

Issue

Section

Articles