नेपाली नाटकमा आधुनिकताको समय निर्धारण {Timing of Modernity in Nepali Plays}

Authors

  • Laxmisharan Adhikari नेपाली विभाग, पृथ्वीनारायण क्याम्पस, पोखरा {Department of Nepali, Prithvi Narayan Campus, Pokhara} https://orcid.org/0009-0003-8076-0420

DOI:

https://doi.org/10.3126/pw.v15i1.85745

Keywords:

आधुनिकता Modernity, आधुनिक नेपाली नाटक modern nepali play, परम्परावादी नाटक traditional play, समय निर्धारण timing

Abstract

प्रस्तुत लेखमा बालकृष्ण समको मुटुको व्यथा (वि.सं.१९८६) र गोपालप्रसाद रिमालको मसान (वि.सं. २००३) नाटकमा आधुनिकतालाई के कसरी प्रस्तुत गरिएको छ भन्ने प्राज्ञिक जिज्ञासालाई मुख्य विषय बनाइएको छ । समको मुटुको व्यथा पहिलो आधुनिक नाटक हो कि रिमालको मसान पहिलो आधुनिक नाटक हो भन्ने कुरामा विवाद छ । यो लेख पहिलो आधुनिक नेपाली नाटक कुन हो भन्ने ठम्याएर त्यसमा आधुनिकता कसरी व्यक्त भएको छ भन्ने समस्यामाथि विमर्श गर्ने उद्देश्यले तयार पारिएको हो । यस आलेखको मुख्य अध्ययन क्षेत्रका रूपमा बालकृष्ण समको मुटुको व्यथा र गोपालप्रसाद रिमालको मसान नाटक रहेका छन् भने समस्याका रूपमा आधुनिकताको प्रयोग रहेको छ । यस अध्ययनमा गुणात्मक अनुसन्धान अवलम्बन गरिएको छ । नारीहरूलाई बन्धनमा राख्ने कुरा आधुनिकतासँग मेल नखाने कुरा हो भन्ने कुरालाई तत्त्व मीमांसाका रूपमा स्वीकार गरिएको छ । प्राथमिक र द्वितीयक स्रोतको सामग्रीको अध्ययन गरी तथ्यका आधारमा पाठ विश्लेषण विधिको उपयोग गरी लेखलाई पूर्णता प्रदान गरिएको छ । परम्परागत मूल्यको वरण, दैवी शक्ति, भाग्य र नियतिमा विश्वास, स्वच्छन्दतावादी चिन्तन जस्ता प्रवृत्तिलाई परम्परावादी नाटक र पितृसत्ताको विरोध, नारी हिंसाको विरोध, वर्गीय उत्पीडनको विरोध, विश्वासनीय कथानक र पात्र योजना, बोलचालको भाषाको प्रयोग जस्ता प्रवृत्तिलाई आधुनिक प्रवृत्ति मानेर यिनै प्रवृत्तिका आधारमा मुटुको व्यथा नाटकले आधुनिकताको पृष्ठभूमि निर्माण गरे पनि मसान नाटकबाट आधुनिकता आरम्भ भएको ठहर गरिएको छ । नेपाली नाटकमा आधुनिकताको समय निर्धारणमा रहेको अन्योलता र  विवाद निरूपण गर्ने प्रयत्न यस लेखको प्राप्ति हो । आधुनिकताको कोणबाट मात्र मुटुको व्यथा र मसान नाटकको चर्चा गर्नु  यस लेखको सीमा हो । {In the present paper, the issue of how modernity is presented in two plays: Balkrishna Sama’s Mutuko Byatha (The Agony of Heart) and Gopal Prasad Rimal’s Masan (Crematorium) has been considered the subject of this study. There is a controversy about which play is the first modern play: Sama’s The Agony of Heart or Rimal’s Crematorium. Therefore, this paper aims to find out which one is the first Nepali play and how modernity is presented in it, which is the main issue of this study. This paper has considered Sama’s play and Rimal’s play as a text whereas the use of modernity is the main issue for analysis. The study employs qualitative research design. The commodification of women is not modernity, which is accepted as evidences for analysis. Using primary and secondary sources of information, the textual analysis method has been employed for analysis of the text. Based on the evidences available in these two texts such as having traditional values, divine power, belief in fate and destiny, and autocratic thinking are regarded as the trend of tradition whereas having protest against patriarchy, voice against the violence of women, class discrimination, authentic narrative and characterization, and the use of conversational language are regarded as the trend of modernity, this paper argues that though Sama’s The Agony of Heart has paved a way for modernity, Rimal’s Crematorium has been considered the true beginning of modern Nepali plays. The major outcome of this study is to determine the timing of modernity of Nepali plays among uncertainties and controversies. However, this study is limited to studying Sama’s The Agony of Heart and Rimal’s Crematorium from the perspective of modernity.}

Downloads

Download data is not yet available.
Abstract
11
PDF
13

Downloads

Published

2025-10-29

How to Cite

Adhikari, L. (2025). नेपाली नाटकमा आधुनिकताको समय निर्धारण {Timing of Modernity in Nepali Plays}. Prithvi Wangmaya पृथ्वीवाङ्मय, 15, 130–148. https://doi.org/10.3126/pw.v15i1.85745

Issue

Section

Articles