मौखिक र लिखित सङ्कथनका भिन्न विशेषताको विश्लेषण {Analysis of the Differing Attributes of Spoken and Written Discourse}
DOI:
https://doi.org/10.3126/pw.v15i1.85744Keywords:
अन्तर्क्रियात्मक Interactional, तत्क्षण संशोधनीय instant editable, भाषिक एकाइ linguistic unit, लिप्यन्तरण transliteration, वाक्य विन्यास sentence order, सङ्कथन discorseAbstract
प्रस्तुत लेख मौखिक र लिखित सङ्कथनका भिन्न विशेषताहरूको पहिचान तथा विश्लेषणमा केन्द्रित रहेको छ । अभिव्यक्तिको अर्थपूर्ण सग्लो भाषिक एकाइका रूपमा रहेको सङ्कथन वाक्यभन्दा माथिल्लो कार्य गर्ने भाषिक एकाइ हो । अर्थपूर्ण धारणाको बोध र अभिव्यक्ति सङ्कथनात्मक एकाइबाट मात्र सम्भव हुन्छ । यसका लागि सङ्कथनको स्वरूप र तिनका विशेष अभिलक्षणबारेको सुझबुझ भाषा प्रयोक्ताका लागि त आवश्यक पर्छ नै शिक्षक विद्यार्थीका लागि पनि निकै जरुरी हुन्छ । गुणात्मक अनुसन्धानमा आधारित यस शोधमा तथ्यको सङ्कलन गर्दा कक्षा ९ को करेसाबारी पाठ (निबन्ध) शिक्षण सिकाइका क्रममा शिक्षक विद्यार्थीका बोलीलाई रेकर्ड गरिएको छ भने लिखित सङ्कथनका लागि सोही निबन्धको पुस्तकालयीय अध्ययन पद्धतिलाई उपयोग गरिएको छ । निर्दिष्ट मौखिक र लिखित स्रोतबाट सङ्कथनका विशेषताहरूको पहिचान र तिनको वस्तुपरक विश्लेषण गर्ने क्रममा सामग्रीहरूको मिल्दाजुल्दा सारगत समूहमा वर्गीकरण गरी सङ्कथन विश्लेषणको सिद्धान्तका आधारमा वर्णनात्मक एवम् व्याख्यात्मक विश्लेषण गरिएको छ । मौखिक सङ्कथनका विशेषताका रूपमा स्वतः स्फूर्त अभिव्यक्त हुनु, तत्क्षण संशोधनीय रहनु, आफ्नै किसिमको संरचना र छोटा छरिता वाक्य विन्यासमा निबद्ध रहनु, अन्तरक्रियात्मक हुनु, अनौपचारिक प्रवृत्ति पाइनु, अभाषिक सामग्रीको पनि प्रयोग हुनु, भाषिक एकाइको आवृत्ति भइरहनु, सूचना सञ्चारमा द्रुतता पाइनु, बोल्दा सहभागीको पालो तथा भूमिकाको विशेष महत्त्व रहनु, लामो ऐतिहासिकता प्राप्त गर्नु आदि मुख्य रहेका छन् । यद्यपि एकल अभिव्यक्तिका रूपमा रहनु, व्याकरणिक विन्यासमा मानक र जटिल वाक्यहरू प्रयोग हुनु, अभिव्यक्तिमा औपचारिकता बढी पाइनु, भाषिक सामग्री (लिपि, चिह्न र सङ्केत) को सघन प्रस्तुति रहनु, सूचना सञ्चार ढिलो हुनु, लेखिएपछि सजिलै सुरक्षित हुनु आदि लिखित सङ्कथनका विशेषताहरू रहेका छन् । मौखिक र लिखित सङ्कथनमा उल्लिखित भिन्न विशेषताहरू रहँदारहँदै पनि मौखिक सङ्कथनका कतिपय विशेषताहरू रूपक, निबन्ध, काव्य र आख्यान विधामा पनि पाइन्छन् भने लिखित सङ्कथनमा अन्तर्निहित कतिपय विशेषताहरू औपचारिक सन्दर्भ (अन्तरर्वाता, प्रस्तुतीकरण, भाषण आदि) का मौखिक अभिव्यक्तिहरूमा पनि भेटिन्छन् । यसर्थ मौखिक तथा लिखित सङ्कथनका अधिकांश विशेषताहरू भिन्न भिन्न रहेका र केही विशेषताहरू भने समान पनि रहेका लेखको निष्कर्ष रहेको छ । {The present paper focuses on the identification and analysis of differing attributes of spoken and written discourse. Discourse refers to meaningful written and spoken language used in a communication that is a unit longer than a single sentence. The unit of discourse is possible only through the understanding and utterance of its concept. To address this issue, it is necessary to understand the structure and its attributes the language users, but also it is necessary to understand them for teachers and students. Based on qualitative research method, the data were collected from the “Karesabari” (‘kitchen garden’) lesson of Grade 9 during its teaching for spoken discourse and past studies of the same lesson for written discouse. While analyzing the attributes and their objective analysis of discourse from the specified spoken and written sources, the data were dealt with descriptively and analytically, classifying these sources of discourse. The attributes of spoken discourse include expressing spontaneously, correcting immediately, using own structure and short sentences, being interactive, speaking informally, using non-linguistic words, thinking in linguistic unit, expressing speedily, listening to others, and making them long-lasting. Similarly, the attributes of written discourse include using a single expression, writing in grammatical order of canonical and difficult sentences, expressing formally, presenting linguistic items such as script, symbol and signal, conveying the message late, and writing securely. While the attributes of spoken discourse are available in the metaphorical essays, poems and narratives, the attributes of written discourse are found in the formal contexts such as interviews, presentations, speeches, etc. Therefore, the paper concludes that the attributes of both spoken and written discourse are found to be different, but they are also found to be similar.}
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format, so long as attribution is given to the creator. The license allows for commercial use.