सुमन वर्षाको अभ्यन्तरमा शिल्प {Style in Suman Barsha’s Abhyantar}

Authors

DOI:

https://doi.org/10.3126/pw.v15i1.85743

Keywords:

कृतिगत विधा Literary genre, अधिआख्यान metafiction, यथार्थवाद realism, विधामिश्रण interdisciplinary, स्वैरकल्पना fantasy

Abstract

प्रस्तुत लेख ‘अभ्यन्तर’ कथासङ्ग्रहमा प्रयुक्त शिल्पगत प्रयोगसँग सम्बन्धित रहेर तयार पारिएको छ । कृतिगत सौन्दर्य निर्धारणको मुख्य आधार शिल्प भएको तर त्यसको अध्ययन कम हुने गरेकाले यस्तो शीर्षक चयन गरिएको हो । कथासङ्ग्रहका कथाहरूमा केकस्तो शिल्पको प्रयोग गरिएको छ ? भन्ने मूल शोधप्रश्न लिएर यसमा अध्ययन गरिएको छ । सङ्ग्रहमा प्रस्तुत शिल्पगत वैशिष्ट्यको चित्रण गर्नु यसको खास उद्देश्य हो । सङ्ग्रहको चयन तथा त्यसभित्रका कथा र कथांशको चयनमा सोद्देश्यमूलक नमुना छनोट विधि अवलम्बन गरिएको छ । गुणात्मक अनुसन्धान ढाँचाभित्र रही पाठविश्लेषण विधिको उपयोग यसमा गरिएको छ । शिल्प र त्यससँग जोडिएर आएका यथार्थवाद, स्वैरकल्पना, अधिआख्यान तथा विधामिश्रणका बारेमा पूर्व अध्येताका पुस्तक तथा शोधप्रबन्धबाट सैद्धान्तिक आधार निर्माण गरी विश्लेषणका लागि उपयोग गरिएको छ । कथासङ्ग्रहमा यथार्थवादी शिल्पको प्रयोग बढी देखिएकाले त्यसको विश्लेषणका लागि बढी ठाउँ दिइएको छ भने अन्यलाई आवश्यकताअनुसार साक्ष्यहरूको प्रयोगद्वारा प्रस्ट पार्ने कार्य गरिएको छ । सङ्ग्रहमा केही पुराना तथा केही नवीन शैल्पिक ढाँचा अवलम्बन गरिएको र तिनको सार्थक प्रयोगका कारण कृति शिल्पगत वैशिष्ट्यका दृष्टिले उल्लेखनीय छ भन्ने निष्कर्ष यस अध्ययनबाट प्राप्त हुन आएको छ । {The present paper deals with the stylistic use in Suman Barsha’s Abhyantar, a collection of short stories. There are few studies in the use of style in determining a work’s literary genre. This paper deals with the question of what stylistic devices have been used in the stories of the book. The main objective this study is to illustrate the stylistice features projected in these stories. This text has been chosen as a sampling for analysis. Adopting qualitative research design, textual analysis method has been employed to study this book. Available books and theses are used as theoretical framework regarding style and its relation with realism, fantasy, metafiction and interdisciplinarity. In the book, there is more space in the use of realistic style for discussion while other stylistic features have been used as required by the evidences. It is concluded that some traditional and modern stylistic devices have been employed in the book, resulting in significantly impactul.}

Downloads

Download data is not yet available.
Abstract
66
PDF
23

Downloads

Published

2025-10-29

How to Cite

Bastakoti, B. R. (2025). सुमन वर्षाको अभ्यन्तरमा शिल्प {Style in Suman Barsha’s Abhyantar}. Prithvi Wangmaya पृथ्वीवाङ्मय, 15, 105–115. https://doi.org/10.3126/pw.v15i1.85743

Issue

Section

Articles