ध्रुवचन्द्र गौतमको अग्निदत्त+अग्निदत्तमा निस्सारता {Nothingness in Dhrubachandra Gautam’s Agnidutta+Agnidutta}
DOI:
https://doi.org/10.3126/pw.v15i1.85740Keywords:
अस्तित्ववाद Existentialism, निस्सारता nothingness, निर्थकता uselessness, सम्भावना possibilityAbstract
प्रस्तुत अध्ययन ध्रुवचन्द्र गौतमद्वारा लिखित अग्निदत्त+अग्निदत्त उपन्यासको अस्तित्ववादी जीवनदृष्टिको एक प्रमुख मान्यता निस्सारताका दृष्टिले गरिने विश्लेषणमा केन्द्रित रहेको छ । यस अध्ययनको क्षेत्रका रूपमा उपन्यास र समस्याका रूपमा अस्तित्ववादी निस्सारता रहेको छ । उपन्यासमा अस्तित्ववादी निस्सारताको अभिव्यक्ति कसरी गरिएको छ भन्ने अनुसन्धेय जिज्ञासाको निरूपण गर्ने उद्देश्य यस लेखमा राखिएको छ । यो लेख बहुसत्यमा आधारित गुणात्मक अनुसन्धानढाँचामा आबद्ध रहेको छ । यस अध्ययनमा स्वतन्त्रताजन्य पीडाका कारण मानिसले जीवनलाई व्यर्थ ठाने पनि जीवनप्रति आशावादीका साथ क्रियाशील हुन्छ भन्ने कुरालाई तत्त्वमीमांसाका रूपमा उपयोग गरिएको छ । उक्त सत्यतालाई उपन्यासका साक्ष्यका आधारमा पुष्टि गरी ज्ञान निर्माण गरिएको छ । सम्भावनालाई खुला राखी शोधदर्शनका बिचमा समन्वयसमेत कायम गरिएको छ । पाठविश्लेषणविधिको अवलम्बन गरिएको यस अध्ययनका लागि आवश्यक पर्ने प्राथमिक र द्वितीयक स्रोतका सामग्रीहरू पुस्तकालयबाट सङ्कलन गरिएका छन् । यस अध्ययनमा पाश्चात्य चिन्तन परम्परामा स्थापित अस्तित्ववादी जीवनदर्शनको प्रमुख मान्यता निस्सारतालाई सैद्धान्तिक आधारका रूपमा उपयोग गरिएको छ । यसै सिद्धान्तको आशय अनुरूप निर्मित सूचकहरू स्वतन्त्रताजन्य पीडा, जीवनप्रतिको व्यर्थता र आशावादी स्वरका आधारमा समस्याको समाधान गरिएको छ । अस्तित्वका लागि स्वतन्त्र निर्णय गरेको मानिसले समस्या भोग्नुपर्दा उसमा जीवनप्रति वितृष्णाभाव जागृत भए पनि जीवनप्रति आशावादी रहँदै कर्ममा प्रवृत्ति रहनुपर्छ भन्ने लोककल्याणकारी विचारलाई यस उपन्यासमा पात्रका क्रियाव्यापारका माध्यमबाट अभिव्यक्त गरिएको छ भने निष्कर्ष यस अध्ययनको रहेको छ । {The present paper analyzes Agnidutta+Agnidutta, a novel written by Dhrubachandra Gautam from the existentialist perspective using the issue of nothingness. In this paper, the novel has been considered a text and existential nothingness as an issue for critical analysis. Therefore, the main objective of this study is to find out on how nothingness is presented in the novel, which is considered the main research problem. This study employs qualitative research design, understanding multiple meanings as ultimate reality. Although the study critically analyzes human life as useless due to existential choices, human beings see possibilities in life. This reality has been considered the evidence to contribute to human knowledge. Possibilities in life have been regarded as the philosophy of inquiry. Using a textual analysis method, the study has based its study on primary and secondary sources of information from the library. Existentialism, particularly the idea of nothingness, has been employed as a theoretical framework. Based on this model, the study has addressed the issues of existential choices, nothingness, and possibilities in life, which have been considered as parameters. The study concludes that having free choices in life for existence is a problematic issue, but the novel presents its characters who see possibilities in life that are essential for the betterment of human beings.}
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format, so long as attribution is given to the creator. The license allows for commercial use.