जानुका खतिवडाको आतोहोडा उपन्यासमा सीमान्तीयता {Marginality in Januka Khatiwada’s Novel Aato Oda}

Authors

  • Gir Bahadur Khadka नेपाली विभाग, पृथ्वीनारायण क्याम्पस, पोखरा {Department of Nepali, Prithvi Narayan Campus, Pokhara} https://orcid.org/0009-0000-6781-2378

DOI:

https://doi.org/10.3126/pw.v15i1.85739

Keywords:

अल्पसङ्ख्यक Minority, सीमान्तीयता marginalization, विस्थापन displacement, शरणार्थी refugee

Abstract

प्रस्तुत आलेख उपन्यासकार जानुका खतिवडाद्वारा लेखिएको आतोओडा उपन्यासलाई सीमान्तीय कोणबाट अध्ययन गर्ने उद्देश्यले तयार पारिएको हो । उपन्यासले पूर्वी नेपालको झापा जिल्लाका विभिन्न स्थानमा बसोबास गर्ने सन्थाल जातिका मानिसको जीवन भोगाइका बहुआयामिक पक्ष प्रस्तुत गरेको छ । यस आलेखमा यो सीमान्तकृत समुदायप्रति समाजको प्रभुत्वशाली वर्गको दृष्टिकोण र व्यवहार तथा यस समुदायका व्यक्तिमा रहेको प्रतिरोधी चेतनाको अध्ययन गरिएको छ । आलेखमा सन्थाल समुदायले भोगेको वर्गीय, लैङ्गिक र जातीय सीमान्तीयता कसरी अभिव्यक्त भएको छ र पीडित व्यक्तिमा प्रतिरोधी चेतनाको स्थिति कस्तो छ भन्ने जिज्ञासाको समाधान खोज्ने प्रयत्न गरिएको छ । यसका लागि पुस्तकालय कार्यद्वारा प्राथमिक र द्वितीयक स्रोतका सामग्री सङ्कलन गरी तिनको अध्ययन विश्लेषण गरिएको छ । सबाल्टर्न अध्ययन सम्प्रदायका सीमान्तीयतासम्बन्धी मान्यतालाई कृति विश्लेषणको मुख्य सैद्धान्तिक आधार बनाइएको छ ।  सन्थाल जातिमा प्रतिरोधी चेतनाको विकास हुन नसक्दा प्रभुत्वशाली वर्गले उनीहरूमाथि दमन गरिरहेको कुरालाई यस उपन्यासमा मुख्य विषय बनाइएको छ । अध्ययनको अन्त्यमा सङ्कलित सामग्रीको अध्ययन विश्लेषणबाट प्राप्त तथ्यका आधारमा विवेच्य उपन्यासले सन्थाल जातिको वर्गीय, लैङ्गिक र जातीय सीमान्तीयता उजागर गरेको र उनीहरूमा शोषण र उत्पीडनविरुद्ध प्रतिरोधी चेतना अपेक्षित रूपमा विकास नभएको निष्कर्ष निकालिएको छ । {The present paper aims to study Aato Oda, a novel by Januka Khatiwada from the perspective of marginalization. The novel depicts the lives of Santhal caste who live in the eastern part of Jhapa District in Nepal. In this paper, the perception and behavior of dominant groups on the marginalized communities who resist against dominance. The paper also depicts how the Santhal communities have experienced the marginalization in terms of class, gender and caste, and how they resist against the dominant groups. To address these issues, the study has adopted library research method, using both primary and secondary sources of information. The concept of subalternity that studies marginalization has been considered the main theoretical framework. The findings of the study suggest that due to lack of resistant consciousness in the Santhal communities, the dominant groups have repressed them. The study concludes that the novel has explored the marginalization of Santhal communities in terms of class, gender and caste, and they have not rasied voice against exploitation and discrimination inflicted upon them.}

Downloads

Download data is not yet available.
Abstract
12
PDF
11

Downloads

Published

2025-10-29

How to Cite

Khadka, G. B. (2025). जानुका खतिवडाको आतोहोडा उपन्यासमा सीमान्तीयता {Marginality in Januka Khatiwada’s Novel Aato Oda}. Prithvi Wangmaya पृथ्वीवाङ्मय, 15, 70–79. https://doi.org/10.3126/pw.v15i1.85739

Issue

Section

Articles