परालको आगो कथाको विमर्शप्रस्तुतिमा दृष्टिविन्दुपात्र

Authors

  • त्रिभुवन Tribhuvan बरई Barai नेपाली विभाग, भैरहवा बहुमुखी क्याम्पस, रूपन्देही

DOI:

https://doi.org/10.3126/pw.v14i01.69766

Keywords:

केन्द्रीयता, लैङगिकता, शक्तिसन्तुलन, समता

Abstract

प्रस्तुत लेखमा दृष्टिविन्दुपात्रको सैद्धान्तिक पर्याधारको केन्द्रीयतामा गुरुप्रसाद मैनालीद्वारा लिखित ‘परालको आगो’ कथामा अङकित विमर्शको मूल्याङकन गरिएको छ । ‘परालको आगो’ कथाको दृष्टिविन्दुपात्रका माध्यमबाट अभिव्यक्त विमर्श पहिल्याउनाका निम्ति यो अध्ययन गरिएको हो । प्राथमिक एवम द्वितीयक स्रोतका सामग्रीको उपयोग गरी दृष्टिविन्दुपात्रको सैद्धान्तिक पर्याधारलाई आधार बनाई गुणात्मक शोधविधि अपनाई यस लेखलाई पूर्णता प्रदान गरिएको छ । लैङगिक समानतायुक्त अवधारणाको  प्रस्तुति, महिला र पुरुषको सहकार्यात्मक सम्बन्धमा जोड तथा सीमान्तीयतासम्बन्धी अवधारणाको अभिव्यक्ति गरी तीनओटा सूचकका केन्द्रीयतामा प्रस्तुत कथाको मूल्याङकन यस लेखमा गरिएको छ । यस लेखको अन्त्यमा लैङगिक समता, महिला र पुरुषबिचको सहकार्यात्मक सम्बन्ध एवम सम्मान, समानता, साझेदारी र शक्तिसन्तुलनमा आधारित आचरण र व्यवहार इमानदारीपूर्वक अवलम्बन गर्दा मात्र पारिवारिक जीवन सुखद, समुन्नत र अनुकरणीय बन्ने, यस्तो विमर्शको प्रस्तुति गर्ने विशिष्ट प्रकारको सामथ्र्य र कला गुरुप्रसाद मैनालीमा रहेको कुरा उल्लेख गरिएको छ । यसका साथै आख्यानकारलाई एकल दृष्टिविन्दुपात्रको केन्द्रीयतामा आख्यानात्मक कृतिको विमर्शको व्यवस्थापन, समालोचक र अध्येतालाई दृष्टिविन्दुपात्रको केन्द्रीयतामा आख्यानात्मक कृतिमा निहित विमर्शको अध्ययन एवम पाठकलाई दृष्टिविन्दुपात्रको सेरोफेरोमा आख्यानात्मक कृतिको सारवस्तुगत पक्षको बोध गर्न र लैङगिक समानता, सहकार्य र साझेदारीयुक्त अवधारणाअनुसारको आचरण र व्यवहार अपनाई मानवजीवनको गरिमा, श्रेष्ठता र सार्थकता सिद्ध गर्ने कार्यमा सघाउने निष्कर्ष प्राप्त हुनुलाई निष्कर्षात्मक प्राप्तिका रूपमा प्रस्तुत गरिएको छ ।   

Downloads

Download data is not yet available.
Abstract
7
PDF
3

Author Biography

त्रिभुवन Tribhuvan बरई Barai, नेपाली विभाग, भैरहवा बहुमुखी क्याम्पस, रूपन्देही

उपप्राध्यापक

Downloads

Published

2024-09-12

How to Cite

बरई Barai त. T. (2024). परालको आगो कथाको विमर्शप्रस्तुतिमा दृष्टिविन्दुपात्र. Prithvi Wangmaya, 14(01), 144–154. https://doi.org/10.3126/pw.v14i01.69766

Issue

Section

Articles